NMB Bank

Nepal Life Insurance

भ्याट दर्ता कि प्यान दर्ता?

भ्याटमा समेत दर्ता हुने कि प्यानमा मात्र भन्ने धेरै स-साना व्यवसायीहरुलाई द्विविधा भएको देखिन्छ ।  यस सम्बन्धी दर्ता सम्बन्धिजिज्ञासाहरु यो लेखमा समाधान गर्न प्रयास गरिएको छ

भ्याट नम्बर र प्यान नम्बरमा के फरक छ?

भ्याट नम्बर र प्यान नम्बर भनेको फरक फरक नम्बर होइनप्यान नम्बर लिदा भ्याट समेत दर्ता गर्न चाहेको अवस्थामा करदाता भ्याटमा समेत दर्ता हुन्छप्यानमा दर्ता भएको कुनै व्यक्ति भ्याटमा दर्ता भएमा, उसको सोहि प्यान नम्बर नै भ्याट नम्बर हुन्छ

भ्याट दर्ता पनि गर्ने कि प्यान दर्ता मात्र गर्ने?

भ्याटमा दर्ता गर्ने नगर्ने भन्ने सम्बन्धित करदाताको वार्षिक खरिद/बिक्रि रकम र उसले गरेको बस्तुको कारोबारमा भर पर्छ मूल्य अभिबृद्धि कर ऐन, २०५२ को अनुसूची १ मा उल्लिखित वस्तु वा सेवा बाहेक अन्य सबै वस्तु वा सेवाहरु कर योग्य (भ्याट आकर्षित) वस्तु तथा सेवा हुन् । अनुसूची १ मा उल्लेखित कर छुट हुने वस्तु वा सेवाको मात्र कारोवार गर्ने व्यक्तिले भ्याटमा दर्ता गराउनु पर्दैन । जस्तै कुनै फलफूल व्यापारीले जति करोडको कारोवार गरेपनि भ्याटमा दर्ता गर्नुपर्दैन ।

तल दिइएका अवस्था व्यक्तिहरुले आफ्नो कारोबार अनिवार्य रुपमा मूल्य अभिबृद्धि करमा दर्ता गराउनु पर्दछ ।

१.   कर (भ्याट) लाग्ने वस्तुको हकमा विगत बाह्र महिनामा रु. पचास लाख भन्दा बढी कर योग्य वस्तुको कारोबार भएको वा हुने व्यक्ति ।

२.   कर (भ्याट) लाग्ने सेवा प्रदान गर्ने व्यक्ति वा कर लाग्ने वस्तु तथा सेवा मिश्रित कारोबार गर्ने व्यक्तिको हकमा विगत १२ महिनामा रु. बीस लाखभन्दा बढी कारोबार भएको वा हुने व्यक्ति ।

माथीको अवस्थामा बाहेक व्यक्तिले ब्यबसाय भ्याटमा अनिबार्य दर्ता गर्नु पर्दैन, तर कुनै अवस्थामा भ्याटमा दर्ता गर्नु व्यवसाय बिस्तार गर्नको निम्ति आवस्यक हुन सक्छ । जस्तै नेपाल सरकारका ठेक्का/करार पाउन भ्याटमा दर्ता गर्नुपर्ने अवस्था हुन सक्छ । त्यस्तो अवस्थामा करदाताले स्वेच्छाले आफ्नो ब्यबसाय भ्याटमा दर्ता गर्न सक्दछन ।

भ्याटमा दर्ता हुन नपर्ने कारोवार

कर छुटको कारोबार गर्ने व्यक्तिले जति सुकै कारोबार गरेको भएता पनि मु.अ.कर मा दर्ता गर्नु पर्दैन, दर्ता नभए पछि कर (भ्याट) संकलन गर्न पाइदैन साथै आपूर्ति संग सम्बद्ध खरिदमा तिरेको कुनै कर कटृी दावी गर्न पाइदैन ।

आधारभूत कृषि उत्पादन एवम् अत्यावश्यक वस्तुमा, कर असुलीमा सिर्जना हुने प्रशासनिक जटिलता, असुलीको लागत बढी हुने किसिमका वस्तु तथा सेवामा कर छुट हुने व्यवस्था गरिएको छ ।समग्रमा निम्न वस्तु तथा सेवाहरुमा कर छुट गरिएको छ-

समूह १ आधारभूत कृषि उत्पादनहरू (जस्तैः धान, गहूँ)

समूह २ आधारभूत आवश्यकताका वस्तुहरू (जस्तैः धारा तथा टेङ्करबाट खुला रुपमा आपूर्ति हुने पिउने पानी)

समूह ३ जीवजन्तु तथा सोको उपज (जस्तैः खसी, बोका)

समूह ४ कृषि सामग्रीहरू (जस्तैः मल, कृषि औजारहरु)

समूह ५ औषधि उपचार र यस्तै स्वास्थ्य सेवाहरू (जस्तैः अक्सिजन ग्याँस, मानव औषधीका भ्याक्सिनहरु)

समूह ६ शिक्षा ( विद्यालय तथा विश्व विद्यालयहरुले प्रदान गर्ने शिक्षण सेवा )

समूह ७ किताब, अखवार र मुद्रित सामग्रीहरू (जस्तै- पुस्तक, पत्रपत्रिका)

समूह ८ सांस्कृतिक, कलात्मक र कालीगढी सेवा (जस्तै- चित्रकला, मूर्तिकला, वास्तुकला)

समूह ९ यात्रुबाहक यातायात तथा ढुवानी सेवाहरू

समूह १० व्यावसायिक वा पेशागत सेवा (जस्तै- कलाकार, खेलाडी, लेखक)

समूह ११ अन्य वस्तु तथा सेवा (जस्तै- नेपाल सरकारबाट संचालित हुलाक सेवा, वित्तिय सेवा, बीमा सेवा, सुन, चाँदी)

समूह १२ भबन तथा जग्गा (घर तथा जग्गाको खरीद बिक्री तथा बहाल)

समूह १३ बाजी,  क्यासिनो र चिठ्ठा

मूल्य अभिबृद्धि कर ऐनको अनुसूची १ मा सो वस्तु तथा सेवाको सूची दिइएको छ ।

भ्याट लाग्ने र नलाग्ने दुवै किसिमका बस्तु तथा सेवाको कारोबार गर्नेले के गर्ने ?

यदि कुनै व्यक्तिले भ्याट लाग्ने र नलाग्ने दुवै किसिममा बस्तु तथा सेवाको कारोबार गर्दछ भने, भ्याटमा दर्ता हुने प्रयोजनको लागि भ्याट लाग्ने बस्तु तथा सेवाको कारोबार रकम मात्र जांच गर्नुपर्दछ । यदि भ्याट लाग्ने बस्तु तथा सेवाको कारोबार रकम माथि उल्लेखित सिमा भन्दा बढी भएमा मात्र करदाता अनिबार्य रुपमा भ्याटमा दर्ता हुनुपर्दछ । उदाहरणको लागि, कुनै करदाताले चामल र चिनीको कारोबार गर्दो रहेछ । चामलमा भ्याट छुट छ, चिनीमा भ्याट लाग्छ, यस्तो अवस्थामा भ्याटमा अनिबार्य दर्ता हुने नहुने बारे निर्णय गर्न चिनीको मात्र कारोबार रकम जाँच गर्नु पर्दछ चामलको जाँच गर्नु हुदैन ।

थप जानकारी

प्यान दर्ता सम्बन्धि जिज्ञासाका समाधानहरु यो लेखमाएवं TAXpert मोबाइल एप्समा उपलब्ध छन् । भ्याट दर्ता व्यक्तिले पुरा गर्नु पर्ने दायीत्वहरु हामी प्रकाशित गर्दै जानेछौ ।

Social Links