Background of our work 

 

Nepalese tax payers face a challenge in getting right tax related information and resources. Especially tax circulars, rulings and judiciary decisions from Supreme court and revenue Tribunal are hard to find. Countries with better tax practices make efforts to provide access to these resources so that tax payers can better comply with law. We have initiated this effort of Nepal Tax Online to bridge this gap of information by providing all tax resources in a single online repository, together with our interpretation as required.

This concept was initially started by Mukunda Dev Adhikari, FCA, through his company Aster Advisory. The team now is further expanded with inclusion of Mr. Badri Prasad Gautam, a retired tax official with decades of experience in tax administration, and Mr. Bhava Nath Dahal, FCA, one of the best tax expert in Nepal. The team is assisted by Mr. Saroj Krishna Ghimire, a corporate and immigration lawyer, particularly in relation to resources for foreign investors and expatriate issues.

As per the law, advance rulings are only applicable to persons to whom it is issued. But in practice, tax payers with similar transactions are found to be referring to those rulings in arriving at tax conclusion. So, rulings are included in our site, but due to confidentiality requirements we have excluded the name of the tax payer. Subscribers can still benefit from the rulings by taking it as a reference, and obtain official copy from IRD or tax office.

 We believe that Nepal Tax Online plays a vital role as a reliable tax resource helping in better tax compliance and awareness. For the continuity of the concept and further improvement, we need your support. Depending on portal’s success, we will continue investing in technology, and providing free resources for small and medium enterprises and individual tax payers. ​​​​​​

कर कानुनहरुसँग सम्बन्धित श्रोत सामग्री एकै ठाउ नहुदाँ सम्पूर्ण करदाता एवं करमा काम गर्ने लेखापरीक्षक, परामर्शदाताहरुले समस्या भोग्दै आउनुपरेको छखासगरी विभागबाट जारी परिपत्रहरु, पुर्वादेश एवं सर्वोच्च अदालत, राजस्व न्यायाधिकरणले गर्ने निर्णयहरु पाउन सजिलो छैनकरमा राम्रो अभ्यास भएका अन्य मुलुकहरुको प्रयास हेर्ने हो भने करदातालाई कर पालना गर्न सजिलो हुनेगरी यस्ता श्रोत सामग्रीहरु वेबसाइटहरु मार्फत सहज रुपमा उपलब्ध गराईन्छयो अभाव नेपाली बजारमा अत्यन्त खड्किएको महसुस गरी हामीले सम्पूर्ण श्रोत सामग्री एकै ठाउँमा उपलब्ध गराउने एवं आवस्यकता अनुरुप त्यसको ब्याख्या समेत गर्ने गरी नेपाल ट्याक्स अनलाइनको थालनी गरेका हौ

यो अवधारणाको सुरुवात एस्टर एडभाइजरी मार्फत मुकुन्द देव अधिकारी, एफसिएले गर्नु भएतापनि यसलाई अझ विस्तार गरेर लैजान आन्तरिक राजस्व विभागमा दशकौको अनुभव भएका श्री बद्री प्रसाद दाहाल एवं नेपालका उत्कृष्ट कर विज्ञहरु मध्ये चिनिनुभएका श्री भवनाथ दाहाल,एफसिएको प्रत्यक्ष संग्लनता रहनेगरी नेपाल ट्याक्स अनलाइन प्रा.ली मार्फत यो कार्यलाई थप उचाईमा पुर्याउन हामी लागीपरेका छौ यस बाहेक कर्पोरेट र अध्यागमन कानुनका विज्ञ श्री सरोज कृष्ण घिमिरेको टीमलाई सहयोग रहने छ ।

आयकर एवं भ्याट ऐन अनुसार पुर्वादेश जसलाई जारी गरिएको हो उसलाई मात्र लागुहुने भएतापनि त्यस्तै प्रकृतिको कारोवार भएमा अन्यलेपनि सो पुर्वादेशलाई नै आधारमानी करपालना गर्ने चलन देखिन्छत्यसैले पुर्वादेशपनि हाम्रो वेवसाइटमा उपलब्ध छ, तर सम्बन्धित संस्थाको नाम समेत उल्लेख गर्नु कानुनी रुपमा उपर्युक्त नदेखिएकाले हामीले नाम नराखेतापनि यो पुर्वादेश जारी गरिएको रहेछ भन्ने आधारमा सम्बन्धित प्रयोगकर्ताले आफुलाई आवस्यक परेमा आधिकारिक विवरण आन्तरिक राजस्व विभाग वा नजिकको आन्तरिक राजस्व कार्यालयबाट लिन सक्नुहुनेछ    

करको भरपर्दो श्रोतको रुपमा नेपाल ट्याक्स अनलाइनले करपालना गर्न एवं जानकारी फैल्याउन सहयोग पुर्याउने छ भन्ने हामीले विश्वास लिएका छौनेपाल ट्याक्स अनलाइनलाई निरन्तरता दिन एवं यसमा थप सुधार गर्न  हामीलाई सम्पूर्ण प्रयोगकर्ताहरुको सहयोगको आवस्यकता छयो पोर्टलले ब्यापकता पाए हामी साना तथा मझौला उद्योग, व्यक्तिगत करदाताहरुलाई आवस्यक पर्ने कर सामग्रीहरु निशुल्क रुपमा वेबसाइटमा राख्दै जानेछौ, साथै अन्य विद्युतीय माध्यममार्फत पनि सो जानकारीहरुलाई प्रकाशित गर्न प्रयास थाल्नेछौ

     

     

    Social Links