करदाता सेवा कार्यालयको आयोजनामा कर शिविर सञ्चालन, २४ लाख राजस्व संकलन

उदयपुर, १० साउन । आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय, गाइघाटले जिल्लाको प्रमुख ब्यापरिक केन्द्र कटारीमा शिविर सञ्चालन गरेर कर संकलन गरेको छ ।

कटारीका ब्यवसायीहरुलाई राजस्व बुझाउन सहज होस् भन्दै कटारीमा १ दिन कर शिविर सञ्चालन गरिएको हो । शिविरमा विभिन्न व्यवसायीहरुले आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय उदयपुर गाइघाटको सेवा प्रदान गर्न शिविर राखिएको कार्यालय प्रमुख एवं कर अधिकृत सुमन बुढाथोकीले बताए ।

 

कार्यालयको सेवा पहुच भन्दा टाढा रहेका करदाताहरुलाई सेवा प्रवाहमा सहजता ल्याउनको लागि शिविर आयोजना गरिएको कार्यालय प्रमुख बुढाथोकीको भनाइ छ ।

शिविरमा कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशूल्क संकलनलगायतका कामहरु गरिएको कर अधिकृत बुढाथोकीले बर्ता । करदाताहरुले विभिन्न व्यवसायहरु कसरी सञ्चालन गर्ने ?

कर कहिले तिर्ने ? आयकरमा भएको संसोधन, छूट तथा सुविधालगायतका विषयहरुमा अन्तक्र्रिया समेत भएको कर अधिकृत बुढाथोकीले बताए ।

यहाँका व्यवसायीहरुलाई कर तिर्न निकै समस्या रहेकाले शिविरबाटै कर तिर्ने ब्यवस्था गर्न शिविर राखिदिन कार्यालयलाई आग्रह गरिएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए ।

व्यवसायीको हितका लागि आगामी दिनमा पनि यस्तै शिविरहरु सञ्चालन गर्न खोजिरहेको खड्काले बताए । यहाँका व्यवसायीहरु विभिन्न व्यवसायको कर तिर्न जिल्ला सदरमुकाम गाइघाट जानुपर्ने बाध्यता रहेको छ । घरदैलो मै सेवा पाउदा यवसायीहरुले खुसी व्यक्त गरेका छन् ।

कटारीमा चलेको शिविरमा कर बुझाउन आएका कटारी नगरपालिका वडा नम्बर १४ घुर्मी निवासी नारायण प्रसाद धमलाले करदाता शिक्षा नहुँदा धेरै साना व्यवसायीहरु मार्कामा परेको बताए ।

कहिले कर तिर्ने ? कुनकुन व्यवसाय गर्दा कति कर तिर्नु पर्छ ? भन्ने जस्ता बिषयमा अन्योल रहेकोमा शिविरबाट प्रष्ट भएको धमलाले बताए ।

व्यवसायीहरुले शिविर भन्दा पनि यहाँ कर संकलन गर्ने कार्यालय नै स्थापना भए साना व्यवसायीहरु कर संकलन गर्ने तथा कर तिर्ने जस्ता बिषयमा जानकारी राख्न पाउने उनको भनाइ छ ।

उक्त शिविरमा ७ सय ५५ जनाले सेवा लिएका थिए । कटारीका व्यवसायीहरुले गाइघाट पुगेर कर तिर्न जाँदा प्रति व्यक्ति ४ हजार भन्दा बढी रकम खर्चिनु पर्ने बाध्यता थियो ।

यसरी कटारीमै शिविर सञ्चालन गरेर राजस्व संकलन गर्दा यहाँका व्यवसायीहरुको ठूलो आर्थिक रकम पनि बचत भएको छ । शिविरबाट व्यवसायीहरुले कर तथा राजस्व तिरेका थिए ।

व्यवसायीबाट अन्त शुल्क नवीकरणबाट २० लाख ३० हजार, आयकर ३ सय ६३ जना बाट ३ लाख ६३ हजार गरेर २३ लाख ९३ हजार राजस्व संकलन भएको कर अधिकृत सुमन बुढाथोकीले बताए ।

(यो समाचार न्यूज २४ १० श्रावण २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links