कर सम्बन्धि वृहत डाटाबेससहितको 'मेगा-प्रोजेक्ट'मा करका हस्तीहरुको साथ, नयाँ बर्षमा नयाँ समूह सार्वजनिक !

नेपालको एक मात्र कर सम्बन्धि बृहत डाटाबेश NepalTaxOnline.com को नयाँ विस्तारित विज्ञ टिम आज सार्बजनिक भएको छ । कर सम्बन्धि विभिन्न सुचना, डाटा तथा अन्य आवश्यक विवरण राखिने वेवसाईटले करसम्बन्धि समस्याको लागि आवश्यक श्रोत साधन अनलाईनबाटै उपलव्ध गराउदै आईरहेको छ । अहिले, नेपालका करसम्बन्धि विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरुको जमघट नेपाल ट्याक्स अनलाईनमा भएको छ । अनलाईन पोर्टल केहि समय अगाडि देखि नै चार्टर्ड एकाउण्टेट मुकुन्द देव अधिकारी को सोचले सुरुवात भई सञ्चालन हुदै आएपनि नयाँ टिम समेत समाबेश भएपछि, यसलाई अझ रुचाईने र करको भरपर्दो एवं विश्वसनिय श्रोत वन्ने कम्पनीको बिश्वास रहेको छ । 

हाल, यो टिममा अधिकारीका अतिरिक्त, कर सम्बन्धि मामलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातीप्राप्त नयाँ सदस्यहरु थपिनुभएको छ । नयाँ टिमको अध्यक्षमा बद्रि गौतम रहनुभएको छ । हाल सेवा निवृत्त गौतम लामो समय आन्तरिक राजस्व विभागको निर्देशक पदमा बसी नीति निर्माण लगायतका कार्यहरु गर्दै आउनुभएको थियो । त्यस्तै नयाँ टिममा भएका कर विज्ञहरुको नेतृत्व नेपालका प्रथम चार्टर्ड एकाउण्टेन्ट तथा बरिष्ठ एवं चिरपरिचित कर परामर्शदाता भवनाथ दाहाल गर्नुहुने भएको छ । 

भवनाथ दाहाल नेपालको कर प्रणाली बुझ्ने जोकोहिलाई नौलौ नाम होईन । आन्तरिक राजस्व विभागबाट समेत सम्मानित दाहालले लेख्नुभएको “आयकर मुल्य अभिबृद्धि कर” किताव कर क्षेत्रमा काम गर्ने हरकोहिलाई पहिलो र एकमात्र कानूनको श्रोत बन्दै आईरहेको छ । त्यस्तै विस्तारित नयाँ टिममा, ट्याक्सपर्टका प्रमुख सल्लाहकार तथा चर्चित कर विज्ञ चार्टर्ड एकाउन्टेन्ट शेष मणि दाहाल समेत रहनुभएको छ । दाहाल हाल ट्याक्सपर्ट मार्फत करदाता शिक्षा तथा साना तथा मझौला करदातालाई निःशुल्क कर सम्बन्धि सेवा, सल्लाह दिईरहनु भएको छ । 

 

हाल, यो टिममा अधिकारीका अतिरिक्त, कर सम्बन्धि मामलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातीप्राप्त नयाँ सदस्यहरु थपिनुभएको छ । नयाँ टिमको अध्यक्षमा बद्रि गौतम रहनुभएको छ । हाल सेवा निवृत्त गौतम लामो समय आन्तरिक राजस्व विभागको निर्देशक पदमा बसी नीति निर्माण लगायतका कार्यहरु गर्दै आउनुभएको थियो । त्यस्तै नयाँ टिममा भएका कर विज्ञहरुको नेतृत्व नेपालका प्रथम चार्टर्ड एकाउण्टेन्ट तथा बरिष्ठ एवं चिरपरिचित कर परामर्शदाता भवनाथ दाहाल गर्नुहुने भएको छ । 

नेपालको करमा सम्भावना बोकेका कर विज्ञको रुपमा चिनिएका दाहालले नेपालको करसम्बन्धि विषयमा नियमित कलम चलाउदै आईरहेका छन् । त्यस्तै यो टिममा लामो समयदेखि कर क्षेत्रमा काम गर्दै आईरहनु भएका दिलिप फुयाँल समेत रहनु भएको छ । त्यस्तै, कर्पोरेट ल को अर्को चर्चित नाम सरोज कृष्ण घिमिरे समेत नयाँ टिममा रहनु भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कानुनी सल्लाहकार सरोज कृष्ण घिमिरेको समेत आगमनले नेपाल ट्याक्स अनलाईन एकदमै उत्साहित भएको बताईएको छ । यो टिमको टेक्नोलोजी पार्टनर गोर्खाटेक रहेको छ । 

 

“नयाँ टिमको आगमनले म एकदमै उत्साहित र खुसी भएको छु, नयाँ टिम समेत थपिएपछि हाम्रो टोलीले हाल दिदै आईरहेको भन्दा अझ बढि गुणस्तरीय र विश्वसनिय सेवा दिनेमा म पुर्ण विश्वस्त छु ।” नेपाल ट्याक्स अनलाईनका जन्मदाता मुकुन्द देव अधिकारीले बताए । अधिकारीले अझ ढुक्क हुदै भने “केहि दिन भित्रै, हाम्रो अझ धेरै सुविधा र डाटा थपिएको अत्याधुनिक वेवसाईट लञ्च गर्ने प्रकृयामा छौं । नयाँ टिमको साथमा अझ धेरै साजसज्जा र सुविधा थपिएको वेवसाईटबाट कर सम्बन्धि बुझ्न खोज्ने जोकोहिलाई अझ राम्रो अबसर मिल्नेमा हाम्रो टिम पुर्ण रुपमा ढुक्क छ ।” हाल सदस्यता विक्रि बन्द गरेको कम्पनीले नयाँ वेवसाईट लञ्च भएसगै नयाँ सदस्यता विक्रि गर्ने जनाएको छ । सदस्यता किनेर, यसमा भएको सेवा सुविधा तथा असिमिति कर सम्बन्धि डाटाबेसको अधिकतम उपयोग गर्न सकिनेछ । 

 

 अनलाईन पोर्टल केहि समय अगाडि देखि नै चार्टर्ड एकाउण्टेट मुकुन्द देव अधिकारी को सोचले सुरुवात भई सञ्चालन हुदै आएपनि नयाँ टिम समेत समाबेश भएपछि, यसलाई अझ रुचाईने र करको भरपर्दो एवं विश्वसनिय श्रोत वन्ने कम्पनीको बिश्वास रहेको छ । 

अधिकारी अझ थप्छन्, “हाम्रो टिम जुनसुकै स्तरका करदातालाई सेवा दिन समर्पित भएको छ, नेपालमा करसम्बन्धि एकदमै ठुलो डाटाबेश, तथा पहिलो तथा अन्तिम कर सल्लाहकारको रुपमा कार्य गर्ने भिजन लिएर विभिन्न चर्चित तथा ख्याति प्राप्त व्यक्तित्वहरु समावेश हुनुभएको छ ।” अधिकारी दृढ हुदै थप्छन् “यो टिम एक ठाँउमा जम्मा गरेर एक ठाँउबाट सेवा दिने अबस्था ल्याउनु चानचुने कुरा होईन, त्यसैले हामी जसरी पनि हाम्रो उद्देश्य प्राप्त गछौ, गछौं । यो टिम नेपालको कर प्रणालीको एउटा कोशेढुङगा बन्नेमा मलाई कुनै शंका छैन ।”

(2 January 2018मा अर्थसरोकार अनलाइनमा  प्रकाशित  यो समाचार  साभार गरिएको हो  एवं  अर्थसरोकार अनलाइनको यो  लिंकमा गई पढ्न सकिनेछ । )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links