एनसेलसँग कर असुल गर्न सर्वोच्चको पूर्णपाठ कुर्दै ठूला करदाता कार्यालय

काठमाडौं- सर्वोच्च अदातलले एनसेल लाभकर विवाद सम्बन्धी फैसलाको पूर्णपाठ नदिदाँ कर असुली गर्ने ठुला करदाता कार्यालय अन्योलमा परेको छ।

फैसला भएको दुुई महिना पुग्नै लाग्दा समेत फैसलाको पूर्णपाठ नपाउँदा कर असुली कसरी गर्ने र कति गर्ने विषयमा हामी केही पनि गर्न नसेकको ठुलाकरदाता कार्यालयमा प्रमुख कर अधिकृत धनिराम शर्माले बताए।

सर्वोच्च अदालतले एनसेलको र रेनोल्ड्स होल्डिङ्सले लाभकर बुझाउनुपर्ने गरी परमादेश रिट जारी गरेको थियो।

‘लाभकर विवाद सर्वोच्चवाट किनारा लागेकाले उसको ब्याख्या हाम्रा लागि अनिवार्य छ,’ शर्माले भने, ‘त्यसैले पुर्णपाठ नआउँदा उक्त विषयमा प्रवेश गर्न सकिएन।’

एनसेलले लाभकर नतिरी गएको र  अन्तरिम आदेशबाट २३ अर्बभन्दा बढी रकम विदेश लगेको विवादमा माघ २३ गते फैसला सुनाएको थियो। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान सहितको बृहत् पूर्ण इजलासले एनसेल र रेनोल्ड्स होल्डिङ्सले लाभकर बुझाउनुपर्ने गरी परमादेशको फैसला सुनाएको थियो।

लगानी सम्मेलन अघि फैसलाको पुर्णपाठ जारी नर्गन सरकारले सर्वोच्चमा सन्देश पठाएको थियो।  सर्वोच्च स्रोतका अनुसार फैसला लेखिरहेको केही दिनमा पुर्णपाठ तयार हुने छ।  

सर्वोच्चले एनसेल र रेनहोल्ड्स होल्डिङ्सले दायर गरेको रिट भने खारेज हुने फैसला सुनाएको थियो। नागरिक समाजका तर्फबाट डा द्वारिकानाथ ढुंगेल, पूर्व कार्यबाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्री, डा जगदीशचन्द्र बरालसमेत ५ जनाले दिएको सार्वजनिक सरोकारको रिट निवेदन जारी हुने ठहर सर्वाेच्चको पुर्ण इजलाशले गरेको थियो।

अहिले पनि एनसेल आजियटाको प्रभावकारी नियन्त्रणमा रहेको भन्दै लाभकरको दायित्व आजियटा र एनसेलले बेहोर्नुपर्ने भनी सर्वोच्चले भनेको थियो।

एनसेलको सेयर बिक्री गर्दा पुँजीगत लाभकर नतिरेकोमा ३ वर्षदेखि विवाद चलिरहेको थियो। कर कार्यालय र राष्ट्र बैंकले लाभकरको टुंगो नलागेसम्म मुनाफा विदेश लैजान रोक्का गरेका थियो।  एनसेल र रेनोल्ड्स होल्डिङ्सले मुनाफा विदेश लैजान पाउनु पर्ने भन्दै  दायर गरेको निवेदनमा अन्तरिम आदेश जारी भएको थियो। सर्वोच्चको एकल इजलाशले एकतर्फी सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरेको थियो।

एनसेल कम्पनी एक्जियटाले खरिद गरेकोमा कर तिर्ने दायित्व आफ्नो नभएर बिक्रेता टेलियासोनेराको भएको बताउँदै आएको थियो। टेलियासोनेरा रेनोल्ड्स होल्डिङ्सको सञ्चालनमा रहेको कम्पनी हो।

ठूला करदाता कार्यालयले २ वर्षअगाडि टेलियासोनेरालाई  ३५ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ कर, १८ अर्ब ६ करोड ५३ लाख रुपैयाँ जरिवाना र ६ अर्ब ७३ करोड ३७ लाख ब्याज गरी ६० अर्ब ६ करोड ७१ करोड २४ लाख रुपैयाँ कर निर्धारण गरेको थियो। यसअघि नेपालमै रहेको यो एनसेल कम्पनीले दुईपटक गरेर २१ अर्ब ५३ करोड रुपैयाँ बुझाइसकेको छ।

यो समाचार  नेपाल लाइभा डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links