अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रिने सस्ता वस्तुमाथि प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश

काठमाण्डाै – सरकारले अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता वस्तुलाई प्रतिबन्ध लगाउने गरी संसदमा ‘सेफगार्डस्, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक’ पेश गरेको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सेफगार्डस्, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक पेश गर्नुभएको हो । प्रतिनिधि सभाले विधेयक पारित गरेपछि अन्र्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता र ब्राण्ड पहिचान स्पष्ट नभएका मालवस्तु पूर्णरुपमा प्रतिबन्धित हुनेछन् ।

उद्योगमन्त्री यादवले लागत मूल्यभन्दा कम मूल्यमा आयात वा सहुलियत प्राप्त मालवस्तुको अत्याधिक आयात हुँदा स्वदेशी उद्योग धारासयी बन्ने अवस्थाको अन्त्य गर्न याे विधेयक पेश गरेको बताउनुभयो ।

मन्त्री यादवले पेश गरेको विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । यसअघि सैद्धान्तिक छलफलको क्रममा सांसदहरुले विधेयक ल्याउन ढिलो भएको भन्दै गुनासो गरेका थिए । सरकारले गएकाे फागुन ११ गते याे विधेयक संसदमा दर्ता गरेको थियो ।

विधेयक हुबहु पारित भए अन्र्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता वस्तुको आयातमा रोकिने छ भने डम्पिङ्ग गरिएको देखिए भन्सार र अतिरिक्त एन्टी–डम्पिङ्ग शुल्क लाग्ने छ ।

यस्तै, अन्तर्राष्ट्रिय बजारबाट भित्रने सहुलियत तथा अनुदान प्राप्त मालवस्तुमा पनि प्रतिबन्ध लाग्ने छ । विश्व व्यापार सङ्गठनले यस्ता वस्तुको आयात निर्यात गर्न नहुने बताए पनि नेपालमा हालसम्म यस्ता वस्तुकाे आयात रोकिन सकेको छैन ।

यो समाचार  उज्यालॊ अनलाइन डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links