१८ करोड राजस्व संकलन, ९९ करोड बजेट फ्रिज

विभिन्न सरकारी कार्यालयमा अख्तियारी प्राप्त बजेटमध्ये ९९ करोड ३१ लाख ४ हजार
 ८ सय ४७ रुपैयाँ फ्रिज भएको छ ।

रामेछाप-गत आर्थिक वर्ष २०७४-७५ मा रामेछापका विभिन्न कार्यालयबाट १७ करोड ९७ लाख ५५ हजार ४ सय ४० रुपैयाँ राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालयबाट मात्रै राहदानी दस्तुर, धरौटी, प्रशासनिक दण्ड जरीवाना, संस्था र हातहतियार नवीकरणवापत १ करोड ४१ लाख ८ हजार २ सय ८२ रुपैयाँ संकलन भएको छ । विभिन्न सरकारी, गैरसरकारी र निजी कम्पनीमार्फत सो रकम संकलन भएको प्रमुख कोष नियन्त्रक यमुना प्रधानले जानकारी दिइन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालय रामेछापका अनुसार जिल्लाका विभिन्न सरकारी कार्यालयमा अख्तियारी प्राप्त बजेटमध्ये ९९ करोड ३१ लाख ४ हजार ८ सय ४७ रुपैयाँ फ्रिज भएको छ । जसअन्तर्गत चालूतर्फ अख्तियारी प्राप्त ११ अर्ब ४१ करोड ९२ लाख ६४ हजार ५ सय ७६ मध्ये १० अर्ब ८९ करोड ५१ लाख ६९ हजार ९ सय ७६ रुपैयाँ खर्च भई ५२ करोड ४० लाख ९४ हजार ५ सय ९९ रुपैयाँ फ्रिज भएको हो ।
त्यसैगरी पुँजीगतअन्तर्गत २ अर्ब १५ करोड ८८ लाख ३१ हजार अख्तियारी प्राप्त रकम मध्ये १ अर्ब ६८ करोड ९८ लाख २० हजार ७ सय ५२ रुपैयाँ खर्च भई ४६ करोड ९० लाख १० हजार २ सय ४७ रुपैयाँ फ्रिज भएको छ ।
जिल्लामा अख्तियारी प्राप्त चालू र पुँजीगत मध्येको कुल रकम १३ अर्ब ५७ करोड ८० लाख ९५ हजार ५ सय ७६ रुपैयाँ मध्ये १२ अर्ब ५८ करोड ४९ लाख ९० हजार ७ सय २८ रुपैयाँ खर्च भई ९९ करोड ३१ लख ४ हजार ८ सय ४७ रुपैयाँ फ्रिज भएको हो ।
संघीय संरचनाअनुसार गठन भएका स्थानीय तहको भूमीका र जिम्मेवारीसँगै जिल्लाका सरकारी कार्यालयलाई कसले कार्यक्रम गर्ने भन्ने अन्योलतासँगै पर्याप्त बजेट खर्च हुन नसकी धेरै रकम फ्रिज भएको नागरिक सञ्जालका संयोजक रामचन्द्र वियोगीले बताए । 
जिल्लाका धेरै कार्यालय चैत मसान्तबाटै बहिर्गमन हुने सम्बन्धित तालुकी कार्यालयको पहिलो परिपत्र र पुनः असार मसान्तसम्म कार्यालय रहने आसयको दोस्रो परिपत्रअनुसार पनि अख्तियारी प्राप्त भएको बजेट खर्च हुन नसकेको सुशासनकर्मी उमंग मैनालीले बताए ।

यो समाचार कारोबार दैनिक बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links