स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरी भन्सार दर तय : अर्थमन्त्री खतिवडा

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरी कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा एक तह फरक पारिएको बताएका छन्।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा अर्थमन्त्री खतिवडाले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरी नै भन्सारका दरहरू तय गरेको बताए।

भन्सार दर पुनरावलोकनमार्फत् स्वदेशी उद्योगहरूको संरक्षण सम्बन्धमा समितिमा भएको छलफलका क्रममा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण गर्न तयारी वस्तुको भन्सार दर कच्चा पदार्थको भन्दा एक तह माथि राखिएको बताए।

आयातित वस्तुबाट न्यूनतम १० देखि बढीमा २० प्रतिशतसम्मको संरक्षणमा उद्योग व्यवसायहरू रहेको उनले बताए। उनले मूल्यवृद्धिलाई नियन्त्रण गर्न पनि कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा धेरै फरक गर्न नहुने र उद्योगी व्यवसायीहरू अहिले २० प्रतिशतभित्रै रहेर प्रतिस्पर्धी बन्न सक्नुपर्ने बताए।

अर्थमन्त्री खतिवडाले भन्सारका दरहरू नियमित रूपमा परिवर्तन भइराख्ने भएकाले पनि व्यवसायीका समस्याहरू हरेक वर्ष समाधान हुँदै आएको बताए। 

उनले राजस्व बोर्ड गठन गरी राजस्व सम्बन्धमा स्वतन्त्र रूपमा काम गर्न दिने व्यवस्था गर्न लागिएको बताए। कर सम्बन्धमा हुने समस्या समाधानका लागि बोर्डले प्रभावकारी काम गर्ने उनको भनाइ छ।

(यो समाचार देखापढी ७ श्रावण २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links