नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
(नीति बिश्लेषण शाखा)
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
(नीति बिश्लेषण शाखा)
मितिः-२०७७/३/५
प.सं. २०७६/७७
च.नं. १९४
च.नं. १९४
विषयः गैर व्यावसायिक करयोग्य सम्पति (शेयर) निसर्गको कर सम्बन्धमा ।
श्री नेपाल धितोपत्र बोर्ड,जावलाखेल,ललितपुर ।
प्रस्तुत विषयमा यस विभागको च.नं.१९३ मिति २०७७/३/४ को पत्रबाट आयकर ऐन,२०५८ वमोजिम गैर व्यावसायिक करयोग्य सम्पत्ति (शेयर) को निसर्गमा लाग्ने कर सम्बन्धमा जानकारी गराइएको बुदा नं. ३ को विषयवस्तुलाई देहाय बमोजिम थप स्पष्ट गरिएको व्यहोरा मिति २०७७/३/५ को निर्णयानुसार अनुरोध गर्दछु ।
"धितोपत्रको कारोबारमा हुने पुँजीगत लाभको अग्रिम कर असुलीको विवरण तथा कर विद्युतीय प्रणाली (E-TDS)मार्फत दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्ति (Individual)ले आफूलाई पायक पर्ने आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट कर चुक्ता प्रमाणपत्र लिन सक्ने ।"
युवराज बस्नेत
(शाखा अधिकृत)
बोधार्थ तथा कार्यार्थ
श्री अर्थ मन्त्रालय,राजस्व व्यवस्थापन महाशाखा,सिंहदरवार ।
श्री ठूला करदाता कार्यालय,हरिहरभवन ।
श्री मध्यमस्तरीय करदाता कार्यालय,ववरमहल ।
श्री आन्तरिक राजस्व कार्यालय,सवै ।
श्री करदाता सेवा कार्यालय,सवै ।