दिवा स्वप्नधारी
बखानथोके बचत सहकारीमा हरिलठ्कले २५१०० व्याज पाएछ र हरितन्नमले चाँही २५००० मात्रै । गलफत्ति चलिरहेको थियो । दुवै लेखापालसँग झगडा गर्दै थिए ।
हरितन्नम भन्थ्दैथ्यो, "मैले र हरिलठ्ठकले उति मोहोर रुपैया सकारीमा राख्या हुन् । मेरो ब्याज चाही उसको भन्दा १०० रुप्ये कम किन भो?"
उसका कुरा नसकिँदै हरिलठ्ठक भन्दैथ्यो, "मेरो ब्याज भन्न चाँही २५१०० भन्ने तर दिने बेला चाही २३८७५ मात्र दिने? हरिलठ्ठकभन्दा पनि थोरै?"
लेखापाललाई कुरा बुझाउन हम्मेहम्ये पर्यो, "मेरा कुरा सुन्नुस न । हरिलठ्ठकले एकदिन बढ्ता पैसा राखेकाले व्याज चाँही २५१०० भयो । एक दिन घटी भएकाले हरितन्नमको २५००० मात्रै भो । तर २५००० सम्म ब्याजमा कर नलाग्ने हुनाले पुरै व्याज पाइने भयो । हरिलठ्ठकको ५ प्रतिशत कर लाग्छ क्या १२५५ रुप्ये । अब कुरा बुझ्नु भो ?"
"हरितन्नमको भन्दा १०० रुप्या बढी कमाउँदा १२५५ रुप्या कर? कमाइभन्दा पनि बढी कर ? ..." हरिलठ्ठक झन ठूलो स्वरमा उफ्रदैं थियो । उसका ठूला स्वरले कानको जाली नै फूट्ला जस्तो भाथ्यो झल्यास्स बिउँझेछु ।
बिहानदेखि काममा व्यस्त र तारन्तारका फोनले घर पुग्दा थकाइले चुर भइएछ ।
बस्न त फुर्सत थिएन तर ज्यानले थेग्नै छोड्यो, टुसुक्क नरम गद्दावालामा यसो अडेस लागेको के थिएँ । निदाएका बखतको सपना पो रहेछ ।
आखिर दुवैको प्रेम विवाह रहेछ उसकालको पनि । लोग्ने सरकारी जागिरे स्वास्नी कम्पनीमा जागिरे । एकै पटक एकै समयमा अवकाश ।
सौभाग्य भनौं की दुर्भाग्य दुवैले अवकासभए वापत बराबर पाएछन्ः पाँच पाँच लाख । तर घर आउँदा श्रीमतीचाँहीले ४ लाख २५ हजारमात्र ल्याइन ।
दुवैले अवकासको रकम दराजमा राख्न थाले । लोग्ने चाँहीले ५ लाख दियो तर श्रीमतीको चाँही ७५ हजार गायव ।
घर झगडा शुरु । सरकारी जागिरको तातोमा लोग्ने चाँही चिच्यायोः ७५ हजार खोइ?
"कर काटियो ७५ हजार" श्रीमतीले डराइ डराइ सुनाइन । उही रकममा लोग्नेलाई कर नलाग्ने स्वास्नीलाई लाग्ने? लोग्ने चाँही अठारौं शताव्दीको पाराले गला फाड्दै थियो, झसङ्ग भएर फेरी ब्युझिएछु ।
यो थकाइ भन्ने चिज पनि अजिब नै रहेछ । शरिरले बस्ने ठाउँ पाए पछि झुपुक्क भइहाल्ने । कताको सोझेलाल टेढेलाल कसरी कतातिर लाम लागेर कर तिरेको हिसापको दिमागमा चलेछ त ।
हुन त त्यही लाममा दुई व्यक्ति परस्पर गफ गर्दै थिए । दुबैको चालीस चालीस लाखको विक्री रहेछ ।
"ठ्याक्कै एउटै विक्री । क्या अचम्म होइ?" अघिल्लोले भन्यो ।
"अँ त" पछिल्लोले सहमति जनायो ।
टेढेलाल पछिको पालोमा अघिल्लाले कर तिर्यो । मुनाफा ३ प्रतिशत रहेछः ०.२५% ले १२ हजार ५ सय ।
उसका पछि पछिल्लाको पालो आयो । मुनाफा ३.१ प्रतिशत रहेछ । हाकिमले २२ हजार ५०० कर चाहिने कुरा सुनाए जस्तो लाग्यो ।
उही कारोवारमा एउटालाई १२ हजार ५ सय अर्कोलाई २२ हजार ५०० दिमाग खल्बलिँदै थियो, श्रीमतीज्यूको आदेश सुनियो, "हैन । आराम नै गर्ने भए ओछ्यानमै सुत्नु नी । यहाँ मेरा साथी आउँदैछन् । दिउसै सोफामै सपना देख्दिने?"
दिउसो सुत्नु स्वास्थ्यका लागि हानीकारक रहेछ ।