डिजिटल युगका लागि विश्वव्यापी कर

सीमापार व्यापार र लगानीको भविष्यको अवस्था कस्तो हुन्छ भन्ने बुझ्न करले व्यवसायलाई कतिसम्म विश्वव्यापीकरण र डिजिटल बनाउँछ भन्ने प्रश्न एकदमै महत्वपूर्ण  छ । तर, दुःखको कुरा हालको विवाद अन्योल र जटिलताबीच फसेको छ र डिजिटल व्यवसायलाई जोखिमयुक्त बनाउने लोकप्रियतावादी राजनीतिक प्रतिक्रियाको यसमा कुनै पनि सहयोग छैन । 

सन् २०१८ को मार्चमा पहिलोपटक प्रकाशित भएको युरोपेली आयोगको इयू डिजिटल सेवा कर (डिएसटी)लाई प्राथमिक उदाहरणका रूपमा लिन सकिन्छ । यो त्यस्तो बहुर्राष्ट्रिय प्राविधिक कम्पनीहरूप्रति विशेष लक्षित थियो, जसको कर्पोरेट संरचनाले डिजिटलबाट हासिल भएको नाफालाई न्यून कर क्षेत्राधिकारमा लगाउन अनुमति दिन्थ्यो । तर, डिएसटी कार्यान्वयनमा आएको भए युरोपको आफ्नै स्टार्टअप र डिजिटल इकोसिस्टमले सबैभन्दा ठूलो मूल्य चुकाउनुपथ्र्यो । 

 

विश्वव्यापीकरण बजारमा सञ्चालन हुने कम्पनीका रूपमा युरोपेली आयोगको प्रस्तावमा व्यवसायको भविष्यको सीमित परिदृश्यप्रति चिन्ता त छ नै । त्यसैकारण समग्रमा हामीले डिएसटी योजनालाई अस्वीकार गर्नुपर्छ ।  प्रस्तावित डिएसटीका साथै युरोपेली संघ (इयू)का अन्य सदस्य राष्ट्रले हतारमा ल्याएका डिजिटल करका प्रयासहरूले डिजिटल कम्पनीहरू पारम्परिक व्यावसायिक कम्पनीभन्दा फरक छ भन्ने पुरानो विचारधारालाई झल्काएको छ । जति–जति कम्पनीहरू सबै डिजिटल बन्दै जान्छन्, त्यति–त्यति यो भिन्नता पनि बढ्दै जान्छ । यसको व्यवस्थापन गर्ने प्रयासले युरोपेली व्यवसाय र राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन गम्भीर क्षतिको जोखिम आउन सक्छ । 

हालको अन्तर्राष्ट्रिय कर्पोरेट कर नियमअन्तर्गत भौतिक रूपमा कम्पनी जहाँ रहेको छ त्यो राष्ट्रमा उसले कमाएको नाफामा मात्रै कर लगाइन्छ, तर डिजिटल माध्यमबाट कारोबार भएको छ भनेचाहिँ कर लगाउन मिल्दैन । यस विषयमा हुने छलफलले स्थानीय बजारमा स्थानीय पूर्वाधारको प्रयोगबाट नाफा कमाइरहेका, तर करसम्बन्धी कुनै दायित्वविना नै सञ्चालन भइरहेका ठूला बहुर्राष्ट्रिय प्राविधिक कम्पनीको छवि प्रस्तुत गरेको छ । 

यो बढ्दो व्यापक कथाले युरोपेली आयोगको इयूमा डिएसटी लागूू गर्ने प्रस्तावमा योगदान दिएको छ । साथै, डिजिटल व्यवसायका कारण भएको पर्याप्त सञ्चालन उपस्थितिलाई छोप्न कर्पोरेट करमा गरिने व्यापक सुधारमा पनि यसको योगदान छ । तर, व्यवसायका लागि निष्पक्ष र सहयोगी कर प्रणालीको उत्पादन गर्नेभन्दा डिएसटीले डिजिटल अर्थतन्त्रले हाल कम्पनी र उपभोक्तालाई दिँदै आएका लाभ र अवसरलाई नष्ट गरिदिन सक्छ । एक अन्तरिम समाधानका रूपमा प्रस्तावित डिएसटीको दुईवटा विशिष्ट कमजोरी रहेका छन् । 

स्टार्टर्सका लागि वास्तविक आम्दानीभन्दा पनि राजस्वमा कर लगाइयो भने यसले थोरै नाफा र धेरै कारोबार हुने उद्योगको काँधमाथि करको बोझ हालिदिने पहिलो समस्या हो । लक्षित प्राविधिक कम्पनीलाई हानि पु-याउनुभन्दा डिएसटीले आफ्नो क्षेत्रमा व्यावसायिक नेता बन्न सक्ने अधिकांश युरोपेली प्राविधिक स्टार्टअपको क्षेत्रमा भने बाधा निम्त्याउन सक्थ्यो । 

यस्तो स्वाभाविक रूपमा अनुचित दृष्टिकोणले प्रतिस्पर्धालाई विकृत बनाउँछ, उद्योगहरूलाई कमजोर बनाउँछ र आन्तरिक आर्थिक वृद्घिलाई पनि क्षति पु¥याउँछ । दुर्भाग्यवस इयू नेताहरू डिएसटीले युरोपेली व्यवसायमा पार्न सक्ने दीर्घकालीन नकारात्मक प्रभावहरू हेर्न केही विश्वव्यापी प्राविधिक कम्पनीको कर्पोरेट संरचनालाई अंकुश लगाउन बढी केन्द्रित छन् । 

इयूभित्र र बाहिर दुवै क्षेत्रमा डिजिटल कर प्रणालीको टालटुल हुन सक्ने सम्भावना रहनु दोस्रो समस्या हो । युरोपेली आयोगले प्रस्तावित डिएसटीले इयूभित्र राष्ट्रियस्तरमा उस्तै खालको नीतिको उदयलाई रोक्छ भन्ने तर्क गरेको छ । तर, बेलायत, फ्रान्स र इटालीमा हालै भएका विकासहरूले भने यसको ठ्याक्कै उल्टो परिस्थिति आउने संकेत देखाएका छन् । 

हालको अन्तर्राष्ट्रिय कर्पोरेट कर नियमअन्तर्गत भौतिक रूपमा कम्पनी जहाँ रहेको छ त्यो राष्ट्रमा उसले कमाएको नाफामा मात्रै कर लगाइन्छ, तर डिजिटल माध्यमबाट कारोबार भएको छ भनेचाहिँ कर लगाउन मिल्दैन । यस विषयमा हुने छलफलले स्थानीय बजारमा स्थानीय पूर्वाधारको प्रयोगबाट नाफा कमाइरहेका, तर करसम्बन्धी कुनै दायित्वविना नै सञ्चालन भइरहेका ठूला बहुराष्ट्रिय प्राविधिक कम्पनीको छवि प्रस्तुत गरेको छ । 

यसैक्रममा, इयूको हतारमा भएको वा गैरविचारशील डिजिटल करसम्बन्धी रणनीति अन्तर्राष्ट्रियस्तरमा दोहोरिने खालको परिणाम बन्न सक्छ । यसले भ्रामक, भिन्नता र मापदण्डका रूपमा स्वीकृत दोहोरो करका रूपका साथ विचित्र विश्वव्यापिक कर मानचित्रलाई जन्माउन सक्छ । परिणामस्वरूप, विश्वका साना तथा मझौला आकारका व्यवसायको अस्तित्व नै धराशायी बन्छ । 

आर्थिक विकास तथा सहयोगका लागि संगठन (ओइसिडी)ले डिजिटल कर प्रणालीमा आमसहमति बटुल्ने कुरामा प्रगति हासिल गरिरहेको छ र यसमा सर्च इन्जिन्स, अनलाइन मार्केटप्लेस र सामाजिक सञ्चार प्लेटफर्महरू समावेश छन् ।  डिजिटल सेवाप्रदायक व्यवसायहरूका लागि निष्पक्ष र पारदर्शी कर नियमहरूको विकास गर्न ओइसिडी÷जी–२० स्तरको सहकार्यको विशेष महत्व  छ भन्ने मेरो विश्वास छ । यो दृष्टिकोणमा मेरो पूर्ण समर्थन छ र यसले व्यवसाय र अर्थतन्त्रलाई बढी लाभ दिन्छ भन्ने मेरो अनुमान छ ।  


हाम्रो जस्तो कम्पनीहरू वास्तविक विश्वव्यापीकरणमा सञ्चालित हुन्छन् । हामीले विभिन्न किसिमका करसम्बन्धी कानुनको पालना गर्न आवश्यक छ र डिजिटल युगमा सबै प्रगतिशील व्यवसायजस्तै यस्तो गर्दा खुसी मिल्छ । हामी आर्थिक अवस्था चुनौतीपूर्ण रहेका वेला वृद्घिको सुरक्षा गर्न सहयोग गर्ने खालका निष्पक्ष र सहयोगी कर प्रणाली चाहन्छौँ । व्यावसायिक कर वास्तविक आम्दानीमा आधारित हुनुपर्छ र एक समान कर ढाँचाको विकासका लागि विश्वव्यापी सहमति आवश्यक छ । 

यस्ता परिणामहरूले पर्खिंदैनन् । विश्वव्यापी अर्थतन्त्र दिनप्रतिदिन थप डिजिटल बन्दै गएको छ । युरोपेली कम्पनीका रूपमा हामी इयूको व्यवसाय बढेकोे, सफल भएको र नयाँ उत्साहजनक परिदृश्यको नेतृत्व लिएको हेर्न चाहन्छौँ । डिजिटल कम्पनीका लागि डिएसटीजस्तो छुट्टै कर प्रणालीहरू अदूरदर्शी र अवास्तविक हुन्छन् र अन्ततः यो सबैका लागि उल्टो साबित हुनेछ ।
 

गिलियन टान्स बुकिङ डटकमकी प्रमुख कार्यकारी अधिकारी हुन् । 

कपिराइट : प्रोजेक्ट  सिन्डिकेट, २०१९  (नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)
www.project-syndicate.org


यो समाचार  नया पत्रिका दैनिक बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links