भ्याट कि जीएसटी ? बहस गरौंः अर्थमन्त्री

२९ जेठ, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले भ्याट र जीएसटीको वैज्ञानिकतमाथि बहस जरुरी रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले भ्याट र जीएसटी कुन उपयुक्त हुन्छ भन्ने भन्ने बहस गरेर टुंगोमा पुग्नुपर्ने बताए ।

‘हामीले भ्याटमा बहुदर कायम गर्ने विषयमा बहस गरेको तीन दशक भयो । अब यसमा भन्दा जीएसटीको बहसमा जाने कि ?’ अर्थमन्त्री खतिवडाले भने,’त्यो बहसले नै भ्उाट र जीएसटी कुन वैज्ञानिक हुन्छ भन्ने तय गर्छ ।’
उनले अब हचुवाका भरमा हुने मूल्यांकनलाई वैज्ञानिक बनाउनुपर्ने बताए । उनले बजेटमार्फत सरकारले अर्थतन्त्रको कोर्स करेक्सन थालेको दोहोर्‍याए ।

यो समाचार अनलाइनखबर डट कम बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links