माघ महिना घरजग्गाको पूँजीगत लाभकरमा रेकर्ड

भूमी सुधार तथा व्यवस्थापन विभागले माघ महिनामा पूँजीगत लाभकर संकलनको नयाँ रेकर्ड बनाएको छ।

माघ महिनामा देशभरबाट ६९ करोड आठ लाख ४९ हजार रुपैयाँ  पूँजीगत लाभकर संकलन गर्दै अहिलेसम्मकै सर्वाधिक लाभकर संकलनको रेकर्ड बनाएको हो।यसअघि पुस महिनामा ५५ करोड र मंसिर महिनामा ४२ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो। चालु आर्थिक वर्षमा यसअघि ३९ करोड देखि ५५ करोड रुपैयाँ सम्म मात्रै पूँजीगत लाभकर संकलन भएको थियो।

यो सँगै ८ महिनामा तीन अर्ब ३१ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ। जुन गत वर्ष यही अवधिमा संकलन भएको दुई अर्ब ५५ करोड रुपैयाँ भन्दा ७६ करोड रुपैयाँ भन्दा बढी हो। गत वर्ष २७ करोड देखि ५१ करोड रुपैयाँ सम्म प्रतिमहिना पूँजीगत लाभकर संकलन भएको थियो।

रुपन्देहीमा राजस्व भन्दा दोब्बर बढी लाभकर
माघ महिनामा रुपन्देहीमा तीन करोड १८ लाख रुपैयाँ राजस्व संकलन भएको छ।यो राजस्वमा ६८ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ।


रुपन्देही मालपोत कार्यालयले विगत ३/४ महिनादेखिनै राजस्व भन्दा बढी पूँजीगत लाभकर संकलन गर्दै आएको छ। कार्यालयले असोजमा दुई करोड रुपैयाँ पूँजीगत लाभकर संकलन, कात्तिक र मंसिरमा ४/४ करोड रुपैयाँ, पुसमा ५ करोड ७१ लाख रुपैयाँ र माघमा ६ करोड ६८ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध बिमानस्थलको मुआब्जाका कारण पूँजीगत दोब्बर उठेको भूमिसुधार तथा व्यवस्थापन विभागले जनाएको छ।

करोड क्लवमा उपत्यका बाहिरका ९  कार्यालय
यसअघि काठमाडौं उपत्यकाका ८ वटा र चितवन मालपोत कार्यालयले मात्रै एक करोड रुपैयाँ भन्दा बढी पूँजीगत लाभकर संकलन गर्दै आएका थिए। यो वर्ष देखि भने उपत्यका बाहिर पनि ८ वटा मालपोत कार्यालयबाट करोड बढी पूँजीगत लाभकर संकलन हुन थालेको छ।

चितवन बाहेक, रुपन्देही (भैरहवा), कैलाली (धनगढी), मोरङ (विराटनगर), मकवानपुर (हेटौडा), कावासोती (नवलपरासी), बुटवल, काभ्रेपलाञ्चोक र कास्की (पोखरा) मालपोत कार्यलयले पनि एकै महिनामा करोड बढी पूँजीगत लाभकर संकलन गरिसकेका छन्।

यी मध्ये विराटनगर, हेटौडा, बुटवल, पोखरा र धनगढी प्रदेश राजधानी तोकिएका ठाउँ हुन्।

उपत्यकामा कलंकी सबैभन्दा अघि

उपत्यकामा सबैभन्दा बढी कलंकी मालपोत कार्यालयले पूँजीगत लाभकर संकलन गरेको छ। कलंकी कार्यालयले १६ करोड ५४ लाख रुपैयाँ लाभकर संकलन गरेको छ।

कलंकीले राजस्वतर्फ पनि सर्वाधिक २२ करोड ८८ लाख रुपैयाँ संकलन गरेको थियो।ललितपुर मालपोतले ८ करोड ३८ लाख रुपैयाँ, काठमाडौं र भक्तपुर मालपोतले समान पाँच करोड ७१ लाख रुपैयाँ, चावहिल मालपोतले चार करोड ९५ लाख रुपैयाँ, टोखा मालपोतले एक करोड ६३ लाख रुपैयाँ, मनमैजु मालपोतले ८४ लाख रुपैयाँ र साँखु मालपोतले ७४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेका छन्।

(यो खबर बिजमांडूमा  १७ फागुन २०७४ मा प्रकाशित हो  । यो समाचार  तयार गर्नमा  नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  । )
 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links