विशाल ग्रुपका कारण चकलेटको कर नघटाएको अर्थमन्त्रीको दाबी

काठमाडौँ– अर्थमन्त्री डा. युवराज खतिवडा चकलेटमा घटाइएको करकाे विषयमा रक्षात्मक बनेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले कुनै एक व्यवसायीलाई हेरेर चकलेटमा कर घटाइएको भन्ने कुरामा सत्यता नभएको दाबी गरे।

‘चकलेट प्रतिस्पर्धी रुपमा आयात हुने बस्तु हो’, उनले भने, ‘एक सय २३ वटा फर्महरुले आयात गर्ने रहेछन्। त्यसैले कुनै एक व्यवसायीहरुलाई हेरेर त्यसो गरिँदैन।’

आर्थिक वर्ष २०७७/७८ को बजेटमा चकलेटको आयातमा भन्सार कर १० प्रतिशत घटाइएको छ। व्यक्तिगत सम्बन्ध आधारमा व्यापारिक घराना विशाल ग्रुपलाई लक्षित गरेर चकलेटमा कर घटाइएको भन्दै अर्थमन्त्री खतिवडाको चर्को आलोचना भइरहेको छ। नेपालमा आयात हुने चकलेटको ठूलो हिस्सा विशाल ग्रुपकै छ।

उनले भने, ‘कुनै एक व्यवसायीलाई हेरेर त्यस्तो गरिँदैन। त्यसबाट अर्बौँ आउने पनि होइन। चोरी पैठारी हुनसक्ने केही वस्तुको भन्सार बढाइएको हो। अन्य कतिपय खाद्यवस्तुको खाद्यदर, मूल्य वृद्धि हटाइएको अथवा घटाइएको स्थिति पनि छ।’

यस्तै अर्थमन्त्री डा.खतिवडाले विद्युतिय गाडीमा कर बढाएको विषयमा उठेका प्रश्नको जवफ दिँदै विद्युतीय गाडीको करका विषयमा छलफल गर्न सकिने बताए। ‘विद्युतीय गाडी सरल कर तथा भन्सारमा प्रयोग गर्न पाउनुपर्छ भन्नेछ, सरकारको नीति पनि त्यही हो। तर कति सरल कति सस्तो भन्ने विषयमा छलफल गर्न सकिन्छ’, उनले भने।

विद्युतीय गाडीको कर महशुल पेट्रोलियम पदार्थबाट चल्ने गाडीभन्दा कम हुनु पर्ने आफ्नो पनि मान्यता रहेको उनले बताए। तर सार्क मुलुकमा निजी सवारी साधनको हकमा विद्युतीय सवारीको भन्सार ४० देखि १०० प्रतिशत र अन्तशुल्कसहित १०० प्रतिशतभन्दा बढीसम्म हुने उनले दाबी गरे।

यस्तै उनले भारतले नेपालमा नाकाबन्दी गरेका बेला विद्युतिय सवारी साधनमा १० प्रतिशत भन्सारमा विद्युतीय सवारी आउन सक्ने बोल्ड निर्णय गरिएको र सार्वजनिक यातायातको भन्सार एक प्रतिशत गरेको बताए। सार्वजनिक यातायातको एक प्रतिशत भन्सार कर यथावत नै छ भने निजी सवारीसाधनको हकमा केही भन्सार कर बढाइएको हो।

उनले सार्वजनिक यातायातलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको दावी गरे।

(यो समाचार देश सञ्चार मा, २७ जेष्ठ २०७७ प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )  

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links