काठमाडौँ महानगरपालिकाबासीलाई करमा छुट

काठमाडौँ–कोरोना महामारीले प्रभाव परेकाले सरकारले काठमाडौँ महानगरपालिकाबासीलाई करमा छुट दिने भएको छ। राजस्व विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्षको पौष मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिने जानकारी दिएको हो।

होटल वा रिसोर्टको नाममा दर्ता भइ संचालनमा रहेका करदाताहरुलाई आर्थिक वर्षको सम्पत्ति करमा पौष मसान्तसम्म ८५ प्रतिशत छुट हुने र माघ देखि असारमसान्तसम्म ७५ प्रतिशत छुट हुने सूचनामा उल्लेख छ।

गत आर्थिक वर्षलाई व्यवसाय करको आधार मान्ने र सो भन्दा पुरानो आर्थिक वर्षहरुको कर बक्यौता र जरिवानामा शतप्रतिशत छुट दिने विभागले जनाएको छ।

चालु आर्थिक वर्षमा लाग्ने व्यवसाय करमा आर्थिक ऐन, २०७७ को (ङ) खण्डमा उल्लेखित होटल, पर्यटन तथा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित व्यवसाय करमा ५० प्रतिशत छुट हुने र अन्य व्यवसायहरुको हकमा २० प्रतिशत छुट हुने विभागले जनाएको छ।

यस्तै आर्थिक वर्ष २०७२/७३ लाई बहाल करको आधार वर्ष मान्ने सो भन्दा पुरानो आर्थिक वर्षहरुको बहाल कर, बक्यौता र जरिवानामा शतप्रतिशत छुट हुने तथा सरकारले लकडाउन गरेको अवधिभरको घरधनीले एक महिनाको बहाल छुट दिएको स्वःघोषण गरेका चालु आर्थिक वर्षमा लाग्ने बहाल करमा १० प्रतिशत छुट हुने छ।

सरकारले गरेको लकडाउन अवधिभरको गत आर्थिक वर्षको सम्पूण कर बक्यौतामा जपरवाना नलिने जानकारी दिएको छ।

(यो समाचार  देश संचार ५ श्रावण २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links