कर छली गरेको आरोप - क्रिस्टियानो रोनाल्डोले १ करोड ८८ लाख यूरो तिर्नुपर्ने

काठमाडौं । कर छली गरेको आरोप लागेको चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले १ करोड ८८ लाख यूरो तिर्नुपर्ने भएको छ । त्यो भनेको नेपाली मुद्रामा करिब २ अर्ब बराबर हो ।

जरिवान तिर्न उनी सहमत भएको बताइएको । म्याड्रिडस्थित एक अदालतमा उनले उक्त सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मुद्दा मिलाउन तयार पारिएको एक कागजातमा उनलाई २३ महिनाको जेल सजाय हुने समेत उल्लेख छ । तर स्पेनमा सामान्यतया २ वर्षभन्दा कम जेलसजाय पाउनेहरू जेल जानु नपर्ने व्यवस्था गरिएको छ ।

ह्ंिसासँग जोडिएको मुद्दा नभएकाले पनि उनी जेल बस्नुपर्ने भने छेन । सम्झौतामा सहमत भएपछि केही मिनेटभन्दा बढी अदालतमा उनी बस्नु नपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दावी छ ।

यसअघि भिडिओमार्फत् अदालतमा उपस्थिति जनाउन वा कारमै बसेर अदालत परिसरभित्र प्रवेश गर्न दिन रोनाल्डोले गरेको आग्रह एक न्यायाधीशले अस्वीकार गरिदिएका थिए ।

रोनाल्डोविरुद्ध बलात्कारको आरोप समेत लागेको छ । एक अमेरिकन युवतीलाई बालात्कार गरेको आरोप उनी माथि छ । अघिल्लो रात मात्रै इटलीको एउटा क्लबका लागि खेलेका रोनाल्डो मुस्कुराउँदै अदालत प्रवेश गरेका थिए ।

त्यसअघि उनी सञ्चारमाध्यमहरूको नजरबाट जोगिनलाई भन्दै कारमै बसेर अदालत परिसरभित्र प्रवेश गर्न दिन आग्रह गरेका थिए ।

रोनाल्डोका वकिलहरूले सुरक्षाका कारण प्रमुख प्रवेशद्वाराबाट उनले प्रवेश गर्न नचाहेको तर्क गरेका थिए । एकजना पत्रकारले पोस्ट गरेको भिडियोमा रोनाल्डो बिहेको टुङ्गो लागेको आफ्नी साथी जर्जिना रोड्रिग्रेजसँगै अदालत पुगेको देखिएको थियो।

स्टार खेलाडीले सन् २०११ देखि २०१४ सम्म रियल मड्रिड फुटबल क्लबका लागि खेल्दा कर छलेको उनीमाथि आरोप छ । करछलीका लागि खडा गरिएका विदेशी कम्पनीमा खाता खोली रोनाल्डोले कर छलेको आरोप छ । रोनाल्डोले कर छलेको विवरण पहिलो पटक सन् २०१७ मा बाहिर आएको थियो ।

स्पेनमा सन् २०१० मा करछलीमा उन्मुक्ति दिनेसम्बन्धी व्यवस्था हटेपछि ठूला खेलाडीहरूमाथि ती मुद्दा चलेका हुन । रोनाल्डोले अर्को मुद्दा पनि झेलिरहेका छन्। सन् २००९ मा बलात्कार गरेको उनीमाथि आरोप छ, जसलाई उनले अस्वीकार गर्दै आएको अन्तर्राष्ट्रिय समाचा संस्थाले जनाएका छन् ।

यो समाचार  क्लिकमान्डु डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links