हकप्रद र बोनसमा वेटेड एभरेज हिसाब गरेर पुँजीगत लाभकर लिन सुझाव


काठमाडौं : हकप्रद र बोनस सेयरमा वेटेड एभरेजको आधारमा पुँजीगत लाभकर लागू गर्न सिफारिस गरिएको छ । यस सिफारिसलाई अर्थ मन्त्रालयले कार्यान्वयनमा ल्याएमा अब प्रत्येक लगानीकर्ताको सेयरलाई वेटेड एभरेजका आधारमा हिसाब गरेर लाभ कर लिइनेछ । यस अनुसार हाल नेप्सेले प्रत्येक कम्पनीको औसत आधार मूल्य (एभरेज बेस प्राइस) निकाल्ने गरेको छ ।

यही फर्मूलाका आधारमा लागत हिसाब गरिनेछ । तर अहिले कम्पनीको हकमा मात्र यो सूत्र लागू गरिएको छ ।वेटेड एभरेज चाहिँ प्रत्येक व्यक्तिगत लगानीकर्ताको परेको लागतका आधारमा हिसाब निकालिनेछ । जस्ते कुनै लगानीकर्तासँग १ सय कित्ता सेयर छ । अब फेरि उसले १०० प्रतिशत हकप्रद भर्छ भने अब उसँग २ सय कित्ता हुन आउँछ ।

यी दुवैको औसत लागत निकालिन्छ । मानौं लागत १ सय ५० रुपैयाँ लागत पर्यो भने अब लगानीकर्ताले १ सय ५० रुपैयाँ भन्दा माथि भाउमा बिक्री गरेमात्र पुँजीगत लाभकर तिर्नुपर्छ । यस आधारमा घाटामा कर तिर्नुपर्दैन । औसत लागत मूल्य भन्दा बढी भाउमा बिक्री गरेमात्र कर तिर्नुपर्ने हुन्छ । 
 
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले वेटेड एभरेजका आधारमा कर लागू गर्न सिफारिस गरिएको जानकारी दिए । हाम्रो भनाई सधैं यही नै रहँदै आएको छ । घाटामा कर नतिर्ने भन्ने लगानीकर्ताको जायज माग पनि छ । यसलाई पनि सम्बोधन गर्नुपर्यो, उनले भने । औसत निकाल्नुपर्ने भएकाले आइपीओ, एफपीओ वा दोस्रो बजारमा कहाँबाट र कुन मूल्यमा किनेको त्यसको आधारमा औसत हिसाब निकालिनेछ ।
औसत लागतलाई आधार मानेर आएको नाफामा लाभकर लिन सिफारिस गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । औसत लागत भन्दा माथि भएपछि त्यसको ७.५ प्रतिशतका दरले लाभकर लिन सुझाव दिइएको हो । तर यसको अन्तिम निर्णय भने हुन बाँकी छ । अर्थ मन्त्रालयले गठन गरेको सुझाव समितिमा धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, सीडीएसका अधिकारी पनि सदस्य थिए । 

यो समाचार  नेपाली पैसा   बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links