गण्डकी प्रदेशमा भन्सारबाट राजस्व आउँदैन : मन्त्री चुमान


पोखरा- गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेशमा मुख्य दुई नाका भए पनि भन्सारबाट हाल एक पैसा पनि संकलन नहुने गरेको गुनासो गरेका छन् । स्वतन्त्र पत्रकार संघ नेपाल राष्ट्रिय समितिले पोखरामा गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन गर्दै मन्त्री चुमानले गण्डकी प्रदेशको उत्तरमा चीन र दक्षिणमा भारत जोडिएको भए पनि भन्सारबाट एक पैसा पनि नआउने गरेको गुनासो गरेका हुन् । “भन्सार कर स्वायत्त भए भन्सारबाट हामीले धेरै राजस्व संकलन गर्न सक्थ्यौं तर संघीय सरकारले संघमा केन्द्रित गरेकाले त्यसबाट हामीले राजस्व उठाउन सकेका छैनौं, उनले भने, “उत्तरी र दक्षिणी नाकासमेत हाल सञ्चालनमा आउन नसकेकाले भन्सारबाट उठ्ने राजस्व संकलन हुन सकेको छैन ।”
मन्त्री चुमानले प्रदेश सरकार स्वतन्त्र भए जस्तो भए पनि संघीय सरकारका केही नियम र निर्देशनमा चल्नु पर्दा विकास निर्माले गति लिन नसकेको बताए । प्रदेश सरकारले संक्रमणकालीन अवस्थाबाट प्रशासनिक व्यवस्थापन गर्दै अघि बढ्ने क्रममा जनचाहना अनुसार जनताले अपेक्षा गरेअनुसार तिव्र गतिमा काम हुन नसकेको उनले भनाइ थियो । 
वरिष्ठ पत्रकार एवं मुख्य प्रशिक्षक रामकृष्ण रेग्मीले आमसञ्चार माध्यमलाई सही ढंगले सदुपयोग गरी जनताको इच्छा र चाहना पुरा गर्न पत्रकारले कलम चलाउनुपर्ने बताए । उनले स्वतन्त्र पत्रकारिताको धर्म र मर्मअनुसार काम गर्न सुझाव दिए ।
संघका सल्लाहकार नारायण कार्कीले पत्रकारिता गर्नेहरु नै विभिन्न पार्टीका भ्रातृ संगठनमा आबद्ध भएर पत्रकारिताको धर्मविपरित काम गर्ने गरेको दाबी गरे ।

यो समाचार कारोबार दैनिक  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links