१ करोड ९६ लाख राजस्व संकलन


जिल्ला समन्वय समिति दाङले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर २८ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षमा अवैध उत्खनन् तथा निकासीमा प्रयोग गरिएका ३९९ वटा सवारी साधनलाई कारबाही गरेर सो राजश्व संकलन गरिएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले जानकारी दिए । “संविधानले दिएको अधिकार प्रयोग गरी समितिले अनुगमन र समन्वयको काम गर्दै आएको छ,” उनले भने, “अनुगमनको क्रममा नदीजन्य पदार्थको अवैध उत्खनन् गर्नेलाई कारबाहीसमेत थालेका छौं ।” चालू आवमा ‘इआए’ र ‘आइए’ भएका जिल्लाका २२ ठाउँमा ठेक्का सम्झौैता भएर काम भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ । विपत्बाट मात्र अहिलेसम्म १ करोड ९६ लाख २२ हजार राजश्व संकलन गरिएको छ । विपतको क्षेत्रमा भएको सो कामले यस वर्ष जिल्लाभर एक हजार बिगाहा जमिनलाई सुरक्षित गराउन सकिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ ।

यो समाचार  कारोबार दैनिक बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links