कर विवरण पेस नगर्ने करदाताको दर्ता खारेज गर्ने

सरकारले कर सहभागिताका लागि दिएको कर छुट तथा सहुलियत सुविधा पुस मसान्तसम्म लिइसक्नुपर्ने भएको छ । सरकारले चालू आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत विभिन्न कारणले कर सहभागिता जनाउन नसकेका करदातालाई विगत तीन वर्षको विवरण पेस गरे करको दायरामा ल्याउने घोषणा गरेको थियो । त्यसबाहेक लामो समयदेखि मूल्य अभिवृद्धि कर विवरण नबुझाउने करदाताले पनि कर सहभागितामार्फत नियमित हुन चाहे कर विवरणबापतको जरिवाना छुट दिने बताएको थियो । 

घोषणाबमोजिम आर्थिक ऐन, २०७५ अनुसार छुट र सहुलियत लिएर कर सहभागिता जनाउन सकिने म्याद पुस मसान्तसम्म मात्र रहेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ । छुट तथा सहुलियत प्रावधान चालू आवको बजेट सार्वजनिक भएकै दिन १५ जेठ २०७५ बाट कार्यान्वयन सुरु भएको हो । व्यापार–व्यवसाय गरिरहेर पनि कर प्रशासनभन्दा बाहिर रहेका करदाताले यस अवधिमा कर सहभागितामा भाग नलिए कानुनबमोजिम कारबाही हुने विभागले जानकारी दिएको छ । अहिले देशभर करिब १८ लाख करदाता छन् । 

 विगतमा करको दायरामा नआएका, तर  आर्थिक क्रियाकलापमा संलग्न 

 -स्थायी लेखा नम्बर लिएर आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ सम्मको आय विवरण र सोमा लाग्ने कर पुस मसान्तसम्म बुझाएमा सोबापत लाग्ने शुल्क र ब्याज मिनाहा तथा त्यसअघिका आवको आय विवरण र कर, शूल्क तथा ब्याज मिनाहा 
- आव २०७२/७३ वा सोभन्दा अघिसम्मको आय विवरण पेस नगरेका करदाता 
- आव २०७१/७२ र २०७२/७३ को आय विवरण र सोमा लाग्ने आयकर पुस मसान्तसम्म बुझाएमा सोभन्दा अघिल्ला आवको आय विवरण र कर बुझाउन नपर्ने 
 -यस अवधिको आयमा लाग्ने कर, शुल्क तथा ब्याज मिनाहा हुने 
 -संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका सामाजिक संस्थाहरूले आव २०७४/७५ को आय विवरण तथा सोमा लाग्ने कर पुस मसान्तसम्म बुझाएमा त्यसअघिको वर्षको विवरण, कर, -जरिवाना, थप दस्तुर, शुल्क र ब्याज मिनाहा 
 -असार २०७४ सम्म भ्याट विवरण पेस नगर्ने
- कर विवरण र मूल्य अभिवृद्धि कर पुस मसान्तभित्र बुझाएमा त्यसमा लाग्ने जरिवाना, थप दस्तुर र ब्याज मिनाहा हुने

 कारबाही के हुन्छ ? 
आन्तरिक राजस्व विभागका अनुसार सरकारले दिएको सहुलियत तथा छुट उपयोग नगरी अटेर गर्ने करदातालाई कानुनमोजिम छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइनेछ । उता, मूल्य अभिवृद्धि करको विवरण पेस नगर्ने करदाताको हकमा भने असार २०७१ यता कर विवरण पेस नगर्ने करदाताको दर्ता खारेज गर्ने तथा त्यस्ता करदाताको बक्यौता असुलउपर गरिने विभागले जानकारी दिएको छ । 

यो समाचार  नया पत्रिका दैनिक बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन ।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links