सेयर बजारमा सरकारले लगाएको अतिरिक्त कर तत्कालाई स्थगित, अध्ययन समितिको सुझावको आधारमा नयाँ कर


काठमाडौं । सरकारले बोनस र हकप्रद सेयरमा लगाएको पूँजीगत लाभकर तत्कालका लागि स्थगित गरेको छ । आन्तरिक राजस्व विभागले आईतबाट सुचना जारी गर्दै हकप्रद र बोनस सेयर जारी पश्चातको औषत आधार मूल्य तयको मौजुदा व्यवस्था परिमार्जन गर्दै सो वापत पनि लाभकर लाग्ने व्यवस्था गरेको थियो । तर, सेयरलगानीकर्ताहरुले सोको विरोधमा कारोबार नै ठप्प पारेर आन्दोलनमा उत्रिएपछि तत्काललाई सो व्यवस्था स्थगित गर्दै सो विषयमा अध्ययनका लागि एक समिति गठन गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए । लगानीकर्ताहरु आन्दोलनमा उत्रिएसँगै सरकारले लाभकर बारे अध्ययन गर्न एक समिति बनाएको छ । तर, सेयर लगानीकर्ता भने उक्त समितिलाई व्यवस्था गर्दै आन्दोलनलाई जारी राख्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयले आज वार्तामार्फत तत्काललाई नयाँ व्यवस्था स्थगित गरी थप अध्ययन गर्ने निर्णय गरेको हो । सरकारसँग आज भएको वार्ता सफल भएको र तत्कालका लागि सरकारले ल्याएको नयाँ व्यवस्था स्थगित गर्ने सहमति भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । ‘केही समयअघि भएको वार्तासँगै सरकारले हकप्रद र बोनस सेयरमा लागू गरेको नयाँ कर सम्बन्धी व्यवस्था स्थगित गर्ने छ भने आन्दोलनमा उत्रिएका हामी लगानीकर्ताले पनि कारोबार सुचारु गर्नेछौं,’ उनले भने, ‘सो सम्बन्धी अध्ययनका लागि एक समिति गठन गरिएको छ सो समितिले दिएको रिपोर्टको आधारमा कसरी कर लगाउने भन्ने विषयमा टुङ्गो लाग्नेछ ।’ उक्त समितिले अबको १५ दिनभित्र अध्ययन रिपोर्ट पेश गर्ने समेत उनले जानकारी दिए । अर्थमन्त्रालयले लाभकर बारे अध्ययन गर्न मंगलबार अर्थमन्त्रालयका नीति ब्यवस्थापन महाशाखाका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति बनाएको छ । जसमा नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी र लगानीकर्ता रहेका छन् । लगानीकर्ता उक्त समितिमा रहेर सुझाव दिने समेत पौडेलले जानकारी दिए ।

यो समाचार  बिजखबर डट कम बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links