मेची भन्सारको राजस्व १० अर्ब बढी


बिर्तामोड-नेपालको पूर्वीनाका मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक बर्ष २०७४-०७५मा १० अर्ब १८ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । ९ अर्ब २० करोड ९१ लाख ३८ हजार लक्ष्य लिएकोमा आर्थिक बर्ष २०७४-०७५मा १० अर्ब १८ करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको मेची भन्सार कार्यालय काँकरभिट्टाल भन्सार प्रमुख टेकबहादुर अर्यालले बताए ।
आर्थिक बर्ष २०७३-०७४मा ६ अर्ब ५२ करोड २६ लाख राजस्व संकलन भएकोमा २०७४-०७५मा १० अर्ब १८ करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका भन्सार प्रमुख टेकबहादुर अर्यालले बताए ।
मेची भन्सारको इतिहासमा यस बर्ष अहिलेसम्मकै उच्च राजस्व संकलन भएको बताउँदै मेची भन्सार कार्यालय काँकरभिट्टाका भन्सार प्रमुख टेकबहादुर अर्यालले भन्सारमा गरिएको सुधारका कारण यो सम्भव भएको बताए । 
पेट्रोलियम पदार्थ, कोइला, किलिन्कर जस्ता मालबस्तु आयातमा भएको बृद्धि, सुरक्षा निकाय, आयत निर्यातकर्ता, भन्सारकर्मीहरूको निरन्तर सहकार्यले यो सम्भव भएको अर्यालले बताए । 
गतबर्ष जेठ महिनामा सबैभन्दा बढी १ अर्ब २३ करोड ८५ लाख ७ हजार ८ सय २४ रुपैयाँ संकलन भएको छ । यसैगरी बैशाख, असोज, पुस, माघ र चैतमा बढी राजस्व संकलन भएको अर्यालले जानकारी दिए ।
यो नाका बङ्गलादेश र भुटानसँग निकटतम दुरीमा रहेकोले उक्त दुवै देशसँग स्थलगत व्यापार हुने प्रमुख नाका भएको अर्याल बताउँछन् । यस बाहेक यस नाकाबाट चीनसँग पनि सामुद्रिक मार्ग भएर व्यापार हुने गरेको छ । यी राष्ट्रबाट करिव ९ प्रतिशत व्यापार हुने गरेको छ । भारत, भुटान र बंगलादेश बाहेकका मुलुकहरूसँग व्यापार करिव १६ प्रतिशत रहेको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टा अन्तर्गत छोटी भन्सार कार्यालयहरू गाडागल्ली, बाहुनडाँगी, नकलबन्दा, सतीघट्टा, भद्रपुर, पाठामारी, घेरावारी, पन्थपाडा, केचना, झापा, महाभारा र आठमौजा (गौरीगञ्ज)रहेपनि बाहुनडाँगी, नकलबन्दा, भद्रपुर र गौरीगञ्ज, कुमरखोद गरी ५ वटा सञ्चालनमा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका भन्सार प्रमुख टेकबहादुर अर्यालले बताए ।

यो समाचार कारोबार दैनिक  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links