साना व्यवसायीले स्थायी लेखा नम्बर (PAN) कसरी दर्ता गर्ने?

साना व्यवसायीले कर तिर्नको लागि नजिकैको करदाता सेवा अफिसमा आफ्नो स्थानीय लेखा नम्बर (PAN) लिनुपर्छ अनि समयमै त्यहाँ गएर कर तिर्नुपर्छ ।

PAN किन लिनुपर्छ?

यी कारोबारमा PAN नम्बर अनिवार्य राख्नुपर्ने भएकोले PAN लिनुपर्छ:

  • बैंकसँग सम्बन्धित कारोबार गर्दा
  • कारोबारको बिल लिँदा/दिँदा
  • व्यवसायको लेखा/हिसाब खातामा हिसाब गर्दा
  • अन्य कर सम्बन्धि सम्पूर्ण विवरणमा

-कसले PAN नम्बर लिनुपर्छ ?

  • सबै साना व्यापार/व्यवसायीले PAN लिनुपर्छ (यदि तपाईंसँग व्यक्तिगत PAN छ भने व्यवसाय दर्ताको प्रमाणपत्र लिएर अर्को PAN को लागि निवेदन दिनुपर्छ)
  • यदि कम्पनी रजिष्ट्रारमा दर्ता छ भने कम्पनीको पनि छुट्टै PAN लिनुपर्छ

PAN दर्ता नगरी कारोबार गर्दा के हुन्छ?

  • लाग्ने कर सहित थप व्याज र जरिवाना पनि तिर्नुपर्छ
  • सबै सम्पत्ति सरकारले जफत गर्नसक्छ
  • जेलमा जानुपर्ने हुनसक्छ

PAN दर्ता गर्न के के कागजपत्र चाहिन्छ?

व्यक्तिका लागि:

  • नागरिकताको फोटोकपी
  • २ प्रति पासपोर्ट साइज फोटो
  • सीप, पेशा आदिको प्रमाणपत्र (लाइसेन्स्,सर्टिफिकेट आदि)

व्यवसायको लागि:

  • व्यवसाय दर्ताको प्रमाण पत्र, कम्पनी भए कम्पनी दर्ताको प्रमाण पत्र
  • व्यवसायीको २ वटा फोटो, साझेदारी (पार्टनरसीप) फर्म भए सबैको २-२ वटा फोटो
  • नागरिकताको फोटोकपि, साझेदारी (पार्टनरसीप) फर्म भए सबैको नागरिकताको फोटोकपी
  • व्यवसाय संचालन गर्ने ठाउँ देखिने गरि बनाएको नक्सा
  • भाडामा भए घरबेटीसंग भाडाको सम्झौता गरेको कागज

PAN कहाँ दर्ता गर्ने?

  • माथि उल्लेख गरिएका सम्पूर्ण कागजात लिएर जिल्ला करदाता सेवाको अफिस वा अन्य स्वीकृती प्राप्त संस्थानमा जाने
  • यी कार्यलयहरुको सूचीको यहाँ उपलब्ध छ (लिङ्क)

इन्टरनेटबाट PAN को लागि आवेदन कसरी दिने?

  • ird.gov.np मा लगअन गर्नुहोस्
  • e-PAN मा थिच्नुहोस्
  • Get Submission मा थिच्नुहोस्
  • Username, password आफैँ राखि सबै विवरण भर्नुहोस्
  • Submission Number प्राप्त हुनेछ
  • PAN Registration मा क्लिक गर्नुहोस्
  • Screen मा देखिएका सबै विवरण भर्नुहोस्
  • तपाईंले विवरण भर्दा छान्नुभएको e-PAN जारी गर्न जिल्ला करदाता सेवाको अफिस अन्य स्वीकृती प्राप्त संस्थानमा जानुहोस् । यी कार्यलयहरुको सूचीको यहाँ उपलब्ध छ (लिङ्क)

 

महत्वपूर्ण कुरा:

  • PAN भएपनि व्यवसायको कारोबार तल दिईएको भन्दा ठूलो भयो भने VAT मा अनिवार्य दर्ता गराउनुपर्छ:
    • स्थानीय ठाउँमै एक वर्षमा २० लाख भन्दा बढीको कारोबार भयो भने
    • सेवा दिने व्यवसाय(जस्तै सैलुन,डान्स सिकाउने आदि) हो भने १० लाख भन्दा बढीको कारोबार भयो भने
    • एक पटकमा बढीमा १० हजार सम्मको समान किन-बेच गर्ने व्यवसाय, थप जानकारीको लागि यहाँ जानुहोस्(लिंक)

PAN सँग सम्बन्धित अरु थप जानकारीका लागि यहाँ जानुहोस् लिंक

यो ठेगानामा सम्पर्क गरेर पनि जानकारी पाउन सक्नुहुन्छ।

आन्तरिक राजस्व विभाग

लाजिम्पाट, काठमाडौँ

वेवसाइट:www.ird.gov.np

टोल फ्री: 16600140000

यो समाचार  शुभयात्रा  डटकम बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links