नक्कली बिलको कारोबारमा सरकारको निगरानी

चाडपर्वको भीडभाडमा व्यापारीले बिलबिना नै कारोबार गर्न थालेको भन्दै सरकारले निगरानी बढाएको छ । राजधानीका फर्म तथा पसलहरूले बिना बिलमा कारोबार गर्न थालेको पत्ता लगाएपछि आन्तरिक राजस्व विभागले क्षेत्र छुट्ट्याएर निगरानी बढाएको हो । उद्योगीले नक्कली बिल बनाएर सामान राजधानी भित्र्याउने र राजधानीका पसललाई बिना बिलमा सामान दिने प्रवृत्ति मौलाएपछि विभागले सक्रियाता देखाएको छ । “मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर छल्न उद्योगीले बिना बिलबाट कारोबार सुरु गरेको भन्ने गुनासो विभागका व्यापक आएको छ,” विभागका एक अधिकारीले भने । उनका अनुसार निगरानी बढाउन विभागका महानिर्देशक विनोद कुँवरले राजधानीका २० वटा कर कार्यालयका प्रमुखलाई बोलाएर यस विषयमा चनाखो बन्न र गम्भीर हुन निर्देशन दिएका छन् ।
सरकारले केही उत्पादनमा भ्याट फिर्ता खारेज गरेपछि व्यवसायीले बिना बिलको कारोबार सुरु गरेको आशंका विभागको छ । खासगरी, वर्कसप तथा मैदा र आटा उत्पादक कम्पनीले खुद्रा व्यापारीलाई बिना बिलमा सामान बेच्ने गरेको पाइएको भन्दै त्यसतर्फ निगारानी बढाइएको विभागले जनाएको छ ।
उद्योगले उत्पादन गरेको सामानको नक्कली भ्याट बिल काट्ने, बाटोमा सामान ल्याउँदा अनुगमनकारीको फेला परेमा त्यही नक्कली बिल देखाउने, त्यो सामान ल्याएर काठमाडौंमा व्यापारीलाई बिना बिल बेच्न प्रवृत्ति मौलाउँदै गएपछि विभागले सबै कर कार्यालयका प्रमुखलाई पत्राचार भइसकेको ती अधिकारीले जानकारी दिए । उनका अनुसार चाडबाडमा व्यापारीले बिल बिजक लुकाएर कारोबार कम देखाएर त्यही आधारमा भ्याट÷आयकर छल्ने गरेको पाइएको छ ।

बक्समा
ड्राइफुडमा अत्याधिक कालोबजारी, सरकार मौन
चाडपर्वको मौका छोपेर व्यापारीले अत्यधिक खपत हुने व्यापारीले चरम कालोबजारी गरेको पाइएको छ । भन्सार मूल्य र उपभोक्ताको खरिद मूल्यलाई आधार मान्दा व्यापारीले ड्राइफुडमा अत्याधिक नाफा लिने गरेका छन् । विशेषगरी काजु, पेस्ता, बदाम, आल्मोन्ड ओखरजस्ता खाध्य वस्तुमा उपभोक्ताहरू औधी ठगिने गरेको पाइएको हो ।
उपभोक्ता ऐनअनुसार २० प्रतिशतसम्म नाफा राखेर सामान बिक्री गर्न पाउने व्यवस्था छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालमा १ लाख ८८ हजार ६ सय २० केजी काजु भित्रिएको छ । सो परिमाणको काजु आयात गर्दा भन्सारमा दाखिला गराएको मूल्य १७ करोड ८९ लाख ९२ हजार रुपैयाँ छ । त्यसबाट सरकारले ४ करोड २९ लाख ५२ हजार रुपैयाँ राजस्व लिएको छ । सरकारले लिएको भन्सार र दाखिला गरिएको मूल्य जोड्दा २१ करोड १९ लाख ४४ हजार रुपैयाँ हुन आउँछ । यसलाई आधार मान्दा व्यवसायीहरूले काजु आयात गर्दा प्रतिकिलो १ हजार १ सय २३ रुपैयाँ पर्ने भए पनि बजारमा झन्डै दोब्बर मूल्य प्रतिकेजी २ हजार रुपैयाँभन्दा बढी काजु बिक्री भइरहेको तर सरकार यसतर्फ मौन रहेको उपभोक्ता अधिकारबादी हरू बताउँछन् ।
यता ई–सेवा अनलाइन कम्पनीले आफ्नो साइटमा सोही अध्याधिक मूल्यअनुसार काजु, पेस्ता बिक्री खुलेआम बिक्री गरेको छ यसतर्फ पनि सरकारले खासै ध्यान पुगेको छैन । विभागको तथ्यांकअनुसार गत आवमा ५ हजार ८ सय ८७ किलो पेस्ता आएको छ ।
व्यापारीले भन्सारमा दाखिला गराएको पेस्ताको मूल्य ४० लाख ४ हजार रुपैयाँ छ । त्यसमा सरकारले १२ लाख ६२ हजार रुपैयाँ राजस्व लिएको छ । यसलाई आधार मान्दा उक्त परिमाणको पेस्ता आयात गर्दा ५२ लाख ६६ हजार रुपैयाँ परेको देखिन्छ । सोअनुसार प्रतिकेजी पेस्ता ८ सय ९४ रुपैयाँमा नेपाल भित्रिएको छ ।

निरु अर्याल
 

(मिति  शुक्रवार, आश्विन १७, २०७६ कारोबार मा  प्रकाशित  यो समाचार  साभार गरिएको हो  एवं  कारोबार को यो  लिंकमा गई पढ्न सकिनेछ । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ।  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links