भरतपुर महानगर : करको दर अस्वाभाविक रुपमा बढ्यो

भरतपुर महानगरपालिकाले करको दर अस्वाभाविक रुपमा बढाएको छ ।  सामान्य दर्ता चलानीमा पाँच गुणा र व्यवसायको हकमा दुई हजार प्रतिशतसम्म कर बढाएपछि स्थानीय उद्यमी, व्यवसायीले तिब्र रोष प्रकट गरेका छन  ।

नारायणगढको शहीद चोकमा कैलाश ट्रेर्डसको नामबाट शंकरलाल श्रेष्ठले कपडा व्यवसाय सन्चालन गर्नुभएको २० वर्ष भयो । प्रत्येक वर्ष नियमित राजस्व तिर्दै आउनुभएका श्रेष्ठ, अहिले महानगरले बढाएको करको दरप्रति असन्तुष्ट हुनुहुन्छ । गत वर्षसम्म वाषिर्क १ हजार ८ सय रहेको व्यवसाय कर बृद्धि गरेर महानगरले १० हजार पुर्‍याएपछि उहाा कर नै तिर्ने कि नतिर्ने भन्ने दोधारमा पर्नुभएको छ । 

गएको पुस २४ गते भरतपुर महानगरपालिकाको  प्रथम नगरसभाले आर्थिक ऐन पारित गर्दै नयाा करको दर तोकेको हो । महानगरले लिने सेवा शुल्क, एकीकृत सम्पत्ति, व्यवसाय, कवाडी, जिवजन्तु, विज्ञापन, मनोरन्जन लगायतका करको दर बृद्धि गरेको छ । कतिपय व्यवसायको करमा महानगरले दुई हजार प्रतिशतसम्म बृद्धि गरेपछि उद्योग वाणिज्य संघले पनि असहमति जनाएको छ । 

१० रुपैयाा लिइने निवेदनको दस्तुरलाई अहिले २५ पुर्‍याइएको छ भने २५ रुपियाामा हुने नाता प्रमाणित एक सय रुपियाा । पारिवारिक, नाबालक जन्ममिति, व्यक्तिगत प्रमाणित, खानेपानी जडान, ठाउासारी लगायतमा एक सय ९० बाट ५ सय ७५ पुर्‍याएको छ । करको दरमा भएको बृद्धि अस्वाभाविक भन्दै व्यवसायीहरुले पुनर्विचार गर्न माग गरेका छन् । 

महानगरका कार्यकारी अधिकृतले भने नगरसभाले पारित गरे अनुसार नै कर बृद्धि गरिएको दाबी गर्नुभयो  ।   

सुबिधा उस्तै तर सेवा शुल्क मात्रै बढाइनु न्यायोचित नभएको महानगरबासीको गुनासो छ । कर र सेवा शुल्कका नाममा महानगरबासीलाई नै दायित्व थप्नुको सट्टा आम्दानीका वैकल्पिक स्रोत खोज्न स्थानीयको आग्रह छ ।

श्रोत: कान्तिपुर टि.भी.

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links