बागमती प्रदेश सरकारले लगायो विद्युतीय कार र मोटरसाइकलमा वार्षिक कर (करको दरसहित)


काठमाडौं
- बागमती प्रदेश सरकारले पहिलो पटक विद्युतीय कार र मोटरसाइकल तथा स्कुटरमा वार्षिक कर लगाएको छ। असार १ गते ल्याएको आगामी आर्थिक वर्षको बजेट मार्फत प्रदेश सरकारले निजी प्रयोजनमा दर्ता भएका विद्युतीय सवारीमा वार्षिक कर लगाएको हो। अन्य प्रदेशले भने यस्तो कर लगाएका छैनन्। 

बागमती प्रदेशले गाडीको मोटर क्षमताअनुसार नै कर लगाएको छ। अब ५० किलोवाटदेखि १२५ किलोवाट क्षमताको मोटर जडान भएको कारले वार्षिक १५ हजार रुपैयाँ कर तिर्नुपर्ने छ। त्यसैगरी १२६ देखि २२५ किलोवाट क्षमताका सवारी साधनले वार्षिक २० हजार रुपैयाँ तिर्नुपर्नेछ। 

२२६ किलोवाटभन्दा माथि क्षमताको मोटर जडान भएका विद्युतीय कारले वार्षिक ३० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था प्रदेश सरकारले गरेको छ।
यसअघि कुनैपनि किसिमका विद्युतीय सवारी साधनले वार्षिक कर तिर्नुपर्ने नियम थिएन।

सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेट मार्फत विद्युतीय सवारी साधनमा कर बढाएर आलोचित भएको केही समयमा नै प्रदेश सरकारले विद्युतीय दुईपाङ्ग्रे सवारी साधनमा वार्षिक दस्तुर लगाएको हो। यसअघि विद्युतीय सवारी साधनमा कुनै वार्षिक कर लगाएको थिएन।
त्यस्तै प्रदेश सरकारले इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलमा समेत वार्षिक कर लगाएको छ। आर्थिक ऐन २०७७ मा व्यवस्था भएअनुसार मोटर क्षमताका आधारमा वार्षिक कर लगाउने भएको हो।

३५० वाटदेखि १ हजार वाटसम्मको मोटर जडान भएको स्कुटर तथा मोटरसाइकलले वार्षिक १ हजार ५ सय रुपैयाँ, १००१ देखि १५०० वाट क्षमताका मोटरसाइकल तथा स्कुटरले वार्षिक २ हजार रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै १५०१ वाटभन्दा माथि क्षमताको मोटर जडान भएका विद्युतीय मोटरसाइकल तथा स्कुटरले वार्षिक ३ हजार रुपैयाँ तिर्नुपर्नेछ।


(यो समाचार नेपाललाइभ ३१ असार २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links