सेयर बिक्रीबाट हुने पुँजीगत लाभकर नै अन्तिम कर हो त ?

आयकर ऐन, २०५८ मा सेयर बिक्रिबाट मात्र आय हुने प्राकृतिक व्यक्तिले आफुले चाहेमा आय विवरण दाखिला नगर्दा पनि हुने व्यवस्था छ अर्थात सेयर बिक्रिबाट कमाएको पुँजीगत लाभमा काटिएको अग्रिम कर नै  सो प्राकृतिक व्यक्तिको अधिकतम कर  हुन्छ  l तर सेयर बिक्रिबाट कुनै आय बर्षमा चालिस लाख रुपैंयाँ भन्दा बढी आय आर्जन गर्ने  प्राकृतिक व्यक्तिले भने अनिवार्य रुपले आय विवरण बुझाउनु पर्छ अर्थात  चालिस लाख रुपैंयाँ भन्दा बढी आय आर्जन गर्ने  प्राकृतिक व्यक्तिको लागि भने पुँजीगत लाभमा काटिएको अग्रिम कर अन्तिम कर  हुँदैन, तर त्यस्ता करदाताले विवरण बुझाएता पनि त्यसरी काटिएको कर भन्दा बढी कर दायित्व सृजना हुदैन l
 
कर विवरण बुझाए पछि कर कार्यालयले एउटा प्रकिया अपनाई करदातालाई कर चुक्ता प्रमाण पत्र दिने गर्दछ  l चालिस लाख रुपैंयाँ भन्दा कम आय भएका र सेयर बिक्रिबाट मात्र आय हुने प्राकृतिक व्यक्तिले आय विवरण  दाखिला नगरेपछि कर चुक्ता प्रमाण पत्र पाउन सहज थिएन l यद्यपि ति लाभग्राहीले कमाएको लाभमा ब्रोकर फर्मबाट अग्रिम कर कट्टी भै कर कार्यालयमा दालिखा भै रहेको हुन्थ्यो  l
 
तर आन्तरिक राजस्व विभागको मिति ५ असार, २०७७ को यो पत्र  मा कर चुक्ता प्रमाणपत्र कसरी लिन सकिन्छ भन्ने उल्लेख गरिएको छ  l चालिस लाख रुपैंयाँ भन्दा कम आय भएका र सेयर  बिक्रिबाट मात्र आय हुने एबं आयकर ऐन अनुसार कर विवरण बुझाउन अनिवार्यता नभएका प्राकृतिक व्यक्तिलाई पनि अब कर चुक्ता प्रमाण पत्र दिइनेछ  l 
 
प्राकृतिक व्यक्तिलाई सयेर बिक्री गर्दा भएको पुँजीगत लाभमा अग्रिम कर असुल गर्ने ब्रोकर फर्मले अग्रिम कर असुलीको विवरण तथा कर E-TDS मार्फत दाखिला गरेको छ भने  सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्तिले आफूलाई पायक पर्ने जहाँको पनि आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट कर चुक्ता प्रमाणपत्र लिन सक्नेछन  l
 
 विभागको सो पत्रको आशय  सबै प्राकृतिक व्यक्तिले सेयर बिक्रिबाट कमाएको पुँजीगत लाभमा काटिएको अग्रिम कर नै अन्तिम कर  हुने भन्ने  बुझिदैन  l यस सम्बन्धमा आयकर ऐन, २०५८ मा कुनै परिवर्तन भएको छैन  l

Social Links