सवारी कर-शुल्कमा कसले पाउँछ छुट, कसलाई लाग्छ जरिवाना ?

लकडाउन अवधिमा म्याद सकिएका सवारी साधनकाे कात्तिक मसान्तसम्म सवारी कर, नवीकरण दस्तुर तिर्दा जरिवाना नलाग्ने भएकाे छ । यातायात व्यवस्था कार्यालय, ललितपुरले सूचना जारी गर्दै कात्तिक मसान्तसम्म सवारी कर, नवीकरण दस्तुर तिर्दा जरिवाना नलाग्ने जानकारी दिएकाे हाे ।

बागमती प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयको यो निर्णयले धेरैलाई राहत महशुस भएकाे छ भने तर केहीलाई अलमल पनि। केही सेवाग्राहीले आफूले जरिवाना तिर्नुपरेको गुनासा पनि गरे। 

तर, कार्यालयका अनुसार जरिवाना नलाग्ने निर्णयले २०७६ साल चैत ११ पछि म्याद सकिएका सेवाग्राहीलाई मात्र लागू हुनेछ। चैत १० सम्म म्याद सकिएका सेवाग्राहीले भने यो सुविधा उपभोग गर्न नपाउने यातायात व्यवस्था कार्यालय काठमाडौंका प्रमुख दीपक कुमार पोख्रेलले बताए।

कुनै पनि सवारीसाधनको म्याद सकिएको ९० दिन (तीन महिना) सम्म सरकारले जरिवाना लिँदैन। त्यसपछिको ३० दिन (एक महिना) सम्म ५ प्रतिशत जरिवाना लाग्छ। त्यसपछि ४५ दिनसम्म (डेढ महिना) १० प्रतिशत र १ सय ६० दिन (करिब ५ महिना) कटेपछि २० प्रतिशत जरिवाना लाग्ने प्रावधान छ। 

यातायातको अहिलेको निर्णय अनुसार चैत ११ गतेभन्दा पहिल्यै ९० दिन (तीन महिना) कटेकालाई जरिवानामा छुट नभएको पोख्रेलले जानकारी दिए।

अझ चैत ११ मा तीन महिना कटेका सेवाग्राहीले पहिलेजस्तो ५ प्रतिशत वा १० प्रतिशत मात्र जरिवानाको सहुलियत पाउने छैनन्। उनीहरूले  पूरा २० प्रतिशत नै जरिवाना तिर्न पर्नेछ।


(यो समाचार  आहाखबर  ८ असोज २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links