हामी कस्तो लकडाउनको अभ्यास गर्दै छौ ? यस्तै लकडाउन चाहेको हो ?

गरिव भोकै मर्दै छन । दैनिक आम्दानी गरेर छाक टार्नुपर्ने ठूलो समूदाय आशाको झिनो किरण कताबाट देखिन्छ भन्ने पर्खाइमा छ । अर्को तर्फ सरकार राहत कोशबाट खर्च भएको देखाउन तल्लिन छ । ठूलो व्यवसायी यही मौका हो कर तथा ब्याज छुट पाउन लबिङ गर्न ब्यस्त छन । जो सँग छ उही अझ पाउने आशामा छन । यतिका बर्ष अस्थिरताको खेती गरेर कमाएकाहरु अझ भकारी भर्न तल्लिन छन । गरिब भोकै छन । आखिर लकडाउन कस्का लागि ?

अब्वस्थित कर प्रणाली । निजी क्षेत्र सरकारलाई कर बुझाउन कै लागि मात्र अस्थित्वमा रहिरहनु पर्छ भन्ने सरकारी बुझाई छ । कसरी कर प्रणालीलाई सुदृढ गर्दै व्यवस्थित गर्दै जाने भन्नु भन्दा पनि करको दर कसरी बढाएर लादने भन्ने कुरामा सरकार तल्लिन छ । पसिनाका कमार्इमा पूर्ण रुपमा कर तिरेर तलव बुझ्नेहरुको पिर कस्ले बुझ्ने ? वार्षिक अर्बौ रुपैयाको कारोबार गरेर लाख रुपैया कर तिरेको प्रमाण पत्र झुण्ड्याउनेहरुको लबिङ हुन्छ तर तलब खाएरै लाखौं कर तिर्ने चाँही समाचार बन्छन । पारदर्शिता र कर प्रणाली तलब खानेहरुका लागि मात्रै लागु हुने विषय हो ? लकडाउनमा उनीहरुलाई राहत के छ ? करमा कति छुट छ ?

रोजगारिको अवस्था नाजुक छ । नयाँ रोजगारीको अवसर श्रीजना गर्न अब केही बर्ष लाग्न सक्छ । लकडाउनको अवस्था झण्डै २ महिना पुग्नलाग्दा केही अस्पातल बन्न सक्थ्यो त्यहा निर्माणमा काम गर्ने मजदुरले काम पाउन सक्थे । सम्पन्न पछि स्वास्थ्य क्षेत्रसग सम्बन्धितलाई रोजगारी जुटथ्यो तर बिडम्बना जग समेत हाल्ने काम भएन । राहतका लागि उठेको अर्बौ रुपैया ब्याजमा लगाएर आम्दानी बाध्ने परिपाटिबाट कहिले बाहिर निस्कने ? उचित खर्च गरियो भने एकातिर रोजगारी बढछ अर्कोतर्फ बिरोधका आवाज कमै सुन्नु पर्छ । सञ्चालनमा रहेका सिमित क्षेत्र त्रशित छन । त्यसमाथि केही युवाहरु चाहिनेभन्दा बढी नै उत्तेजित छन । काम गराउने सस्थाले करोड करोडको बीमा गरिदिनु पर्यो भन्ने आवाज बुलन्द पार्न तल्लिन छन ।

 लाख रुपैया कर तिरेको प्रमाण पत्र झुण्ड्याउनेहरुको लबिङ हुन्छ तर तलब खाएरै लाखौं कर तिर्ने चाँही समाचार बन्छन । पारदर्शिता र कर प्रणाली तलब खानेहरुका लागि मात्रै लागु हुने विषय हो ? लकडाउनमा उनीहरुलाई राहत के छ ? करमा कति छुट छ ?

 एक तिहार्इबाट कार्य सञ्चालन भैरहेको अवस्था विद्यमान हुँदा हुँदै यो सब हर्कत किन ? यो लकडाउन लम्बिदै गयो भने अवस्था के होला ? सामाजिक सञ्जालमा माग राखेर उत्ताउलो पना देखाउन सजिलो छ यो अवस्थामा रोजगारदातालाई कसरी सहयोग पुर्याउने र रोजगारिमा रहिरहने भन्ने चिन्ता खोइ । लकडाउन यही अवस्थामा रहिरहने हो भने बेरोजगाराको सख्या बढ्ने निश्चित छ नयाँ अवसर त दिवा सपना मात्रै हुने हो ।

अर्थतन्त्र नाजुक अवस्थामा छ । दैनिक सचालन खर्च चालु खर्चको झण्डै ६० प्रतिशतको हाराहारी छ । निर्यात ठप्प छ । राजश्व लक्ष्यभन्दा २५ देखि ३० प्रतिशत कम उठने अनुमान सहजै लगाउन सकिन्छ । सरकारी आम्दानीको ठूलो हिस्सा जन प्रतिनिधि, प्रदेश सरकार र स्थानिय सरकारको सन्चालनमै सकिन्छ । घाटा बजेट पूर्ति गर्ने स्रोत मध्य आन्तरिक ऋण पनि एक अस्त्र हो । तर, धेरै मात्रामा उठाइने आन्तरिक ऋणले निजी क्षेत्रलाई मौद्रीकृत गर्न मद्दत गर्दछ जस्को प्रभाव स्वरुप मुद्रा स्फिती बढन जान्छ । 

एकातिर आन्तरिक उत्पादनले नधान्ने अवस्था र अर्को तर्फ मुद्रा स्फितिले पार्ने प्रभावले आयातित बस्तुको मुल्यमा आउने बढोत्तरी र त्यसपछिको अवस्थाको अनुमान जो कोहिले सजिलै लगाउन सक्छ । त्यसैले आन्तरिक उत्पादनलाई प्रोत्साहन गरी नियन्त्रित क्षेत्र भित्र सामाजिक दुरी र अनुशासन कायम राखी निरन्तर कार्य गर्न गराउन जरुरी भैसक्यो । यो पूर्ण लकडाउनको अवस्था कहिले सम्म धान्न सकिन्छ र धान्ने ? विश्व अर्थतन्त्रमा बलियो मानिएकाहरु समेत बिस्तारै खुल्दै छन हामी झन झन कडा अभ्यास गर्न तल्लिन छौ । लकडाउन सकिदासम्म सबै क्षेत्र तहस नहस र समाप्त हुने अवस्था नआओस । हुटिट्याउले आकाश धान्न खोजे जस्तो नहोस् । के हामीले यसैको लागि यस्तै लकडाउन खोजेको हो ?

सिमामा नागरिक रोइरहेका छन । मित्र राष्ट्रको मित्रता बेला बेलामा कुनै न कुनै कारणले चर्चामा रहिनै रहन्छ र मुटुको घाऊ जस्तो बल्झी रहन्छ । कहिले सिमा अतिक्रमण त कहिले नाकाबन्दी हाम्रो नियती भैसक्यो । हामी निर्बिकल्प परनिर्भर त छदै छौ त्यसमाथि पनि एउटै मित्र राष्ट्रको अधिक निर्भरताले उसमा स्वर्इच्छाचारिता हावी छ । जे गरेपनि हुन्छ भन्ने मानसिकता र हाम्रा आफ्नै लाचारिले यो सदासर्वदा रहिरहने क्यान्सार कै रुपमा विकास भयरहेकोको छ । लकडाउनको अवस्थामा नागरिक सिमामा मिल्किएका छन ।

सिमाभित्र ल्याइ सिमा सुरक्षामा खटिएका सुरक्षा निकाएको रेखदेखमा भुइचालोमा लुकाइएका पाल हालेर गरिवलाई दिने राहत त्यही ख्वाउने (बाढ्ने होइन) ब्यवस्था गर्न कस्ले रोकेको छ ? हाम्रा सुरक्षा निकाए गैर जिम्मेवार छैनन र हुन पनि सक्दैनन । आफैलाई मार्न तम्सेकालाई समेत सुरक्षा दिन पछि हटेनन भने अरु बखान गरिरहन के जरुरी छ र ? त्यही क्वेरण्टाइनको ब्यवस्था गरौ । के सिमा बाहिरका नागरिक होइनन ? उनीहरुलाई भोक र रोगले मर्न दिने गरी हामीले लकडाउन खोजेको हो ? हामी कस्तो लकडाउनको अभ्यास गर्न खोज्दै छौ अनी कस्का लागि ? के हामीले खोजेको लकडाउन यस्तै हो ? मैले त बुझिन । (लेखक सिभिल बैंकमा कार्यरत हुनुहुन्छ) 

(यो समाचार  आर्थिकन्यूज मा , ४ जेष्ठ २०७७, आईतवार प्रकाशित लेख बाट  साभार  गरिएको  हो  । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links