जरुरी सुचना !!

आन्तरिक राजस्व विभागले विद्युतिय प्रणाली मार्फत विजक जारी गर्नको लागि आफ्नो प्रमाणिकरण गरेका सफ्टवेयरहरु २०७४ चैत्र १५ गते भित्र आन्तरिक राजस्व विभागमा रहेको केन्द्रिय विजक अनुगमन प्रणाली सँग आवद्धता हुने गरी पुनः प्रमाणिकरण गर्नुपर्ने व्यबस्था छ ।

त्यसकारण तपाईले आफ्नो व्यबसायबाट विद्युतिय प्रणाली मार्फत विजक जारी गर्दै हुनुहुन्छ भने यहि चैत्र १५ भित्र आफ्नो सफ्टवेयरलाई आन्तरिक राजस्व विभागमा रहेको केन्द्रिय विजक अनुगमन प्रणाली सँग आवद्धता गराई हाल्नुहोला, अन्यथा कर कार्यालयले तपाईलाई मुल्य अभिवृद्धि कर ऐन अन्तर्गत जरीवाना गर्न सक्दछ ।

आन्तरिक राजस्व कार्यालयले जारी गरेको सूचना

Social Links