दुई हजारभन्दा बढी खर्चमा प्यान अनिवार्य

सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी दुई हजार रुपैयाँ भन्दा बढी खर्चमा स्थायी लेखा नम्बर अर्थात (प्यान) अनिवार्य गर्ने भएको छ ।
चालु आर्थिक वर्षमा एक हजार रुपैयाँ कायम गरिएकोमा आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी सीमा बढाइने भएको हो । अर्थमन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले करको दर घटाउने, बढाउने वा छुट दिने, कर सम्बन्धी विषयमा सैद्धान्तिक सहमति प्रदान गर्ने र अन्तःशुल्क नियमावली, २०५९ संशोधन गर्ने निर्णय गरेका छ ।
चालु आर्थिक वर्षदेखि नै सरकारले तलब भुक्तानीको लागि प्यान अनिवार्य गरेपछि व्यवसायी आन्दोलित थिए । बिना पूर्वाधार सरकारले नियम बनाएको भन्दै व्यवसायीहरुले गुनासो गर्दै आएका थिए । यसैगरि आगामी आर्थिक वर्षदेखि व्यावसायिक प्रयोजन बाहेकका व्यक्तिसँग गरिने घरायसी प्रकृतिका मालवस्तुको खरिदमा प्यान नचाहिने भएको छ । साथै व्यावसायिक कारोबार नगर्ने कृषकसँग सोझै गरिने कृषिजन्य, वनजन्य र पशुजन्य वस्तुको खरिद गर्दा प्यान आवश्यक नपर्ने भएको छ । त्यसैगरी दैनिक मजदुरी गर्ने लगायतका काम गर्ने कामदारलाई एक पटकमा तीन हजार रुपैयाँभन्दा कमको भुक्तानीमा प्यान नम्बर लिनु नपर्ने भएको हो ।

कारोबार संवाददाता

(मिति   सोमवार, कार्तिक २५, २०७६ कारोबार मा  प्रकाशित  यो समाचार  साभार गरिएको हो  एवं  कारोबार को यो  लिंकमा गई पढ्न सकिनेछ । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ।  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links