विभिन्न कर बुझाउने म्याद थप

कान्तिपुर संवाददाता

काठमाडौँ — मूल्य अभिवृद्धि कर, आयकर तथा अग्रिम कर बुझाउनुपर्ने म्याद आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बढाएको छ । बैठकले विभिन्न कर भुक्तानी गर्नुपर्ने म्याद वैशाख २५ गतेसम्मलाई बढाएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।


उनले स्वास्थ्य सामाग्री आपूर्तिमा समेत मन्त्रिपरिषदले छुटको व्यवस्था गरेको बताएका छन् । यस्तै लकडाउन अवधीको घरबहाल नलिन तथा सो अवधी घरबहाल करमा समेत छुटको व्यवस्था गरेको बताएका छन् ।

सरकारले शहरी क्षेत्रमा रहेका असंगठित श्रमिकहरुले बुझाउनुपर्ने एक महिनाको घरभाडा मिनाहा गर्न आग्रह गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले असंगठिक श्रमिकले बुझाउने एक महिनाको घरभाडा मिनाहा गर्न सम्बन्धित धरधनिलाई आग्रह गर्ने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए ।मिनाहा गरिको घरभाडामा घरबाहाल कर नलिने निर्णय गरेको पनि उनले बताए ।

अर्थमन्त्रीले मदिरा लगायतका विभिन्न वस्तुको आपूर्तिमा समेत सरकारले रोक लगाएको जानकारी दिएका छन् ।

(यो न्युज कान्तिपुर बाट साभार गरिएको हो । यसमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन ।)
 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links