‘नागरिक लगानी कोष कर्मचारी अवकाश योजनामा लाग्ने करमा कुनै पनि फेरबदल भएको छैन’


काठमाडौं : नागरिक लगानी कोषबाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमको कर प्रावधानमा कुनै पनि फेरबदल नभएको कोषले स्पष्ट पारेको छ । कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा ५ लाख रुपैयाँसम्म जम्मा भएको रकम फिर्ता लिंदा कुनै पनि कर तिर्नुपर्ने छैन ।

यसैगरी, ५ लाख रुपैयाँ भन्दा माथि १० लाखसम्मको बचतमा ५ प्रतिशतका दरले कर लाग्नेछ । यसमा पनि ५ लाख रुपैयाँभन्दा माथिको जम्मा ५ लाख रुपैयाँको मात्रै कर तिुर्नपर्ने हो । यस्तै, १० लाख रुपैयाँ भन्दा माथि जम्मा भएको रकम फिर्ता लिंदा त्यस रकमको ५० प्रतिशत घटाई बाँकी हुने रकमको मात्र ५ प्रतिशत कर लाग्नेछ ।

जस्तो, उदाहरणका लागि यस योजना अन्तर्गत कुनै बचतकर्ताको २० लाख रुपैयाँ कोषमा जम्मा भएको छ भने त्यसमध्ये १० लाख रुपैयाँको कर लाग्नेछैन । बाँकी हुन आउने १० लाख रुपैयाँको मात्र ५% का दरले कर तिर्नुपर्नेछ । 
 
नागरिक लगानी कोषका सूचना अधिकृत उद्धव सिलवालले कर सम्बन्धी यस अघिको प्रावधानमा कुनै पनि फेरबदल नगरिएको नेपाली पैसालाई जानकारी गराए । गलत हल्ला फैलिंदा आम बचतकर्ता अन्योलमा परेका छन् । ‘

कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा यसअघिको कर प्रावधानमा कुनै पनि परिवर्तन भएको छैन,’ उनले भने । 

यो समाचार नेपाली पैसा डटकम  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links