सरकारले बढायो सबै प्रकारका मोटरसाइकलको कर


सरकारले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलको कर बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा पेश गरेको विधेयकले मोटरसाइकलको भन्सार कर बढाउने व्यवस्था गरेको हो । आयात हुने १२५ सीसीदेखि २०० सीसीसम्मको माटेरसाइकलमा १० प्रतिशत अन्तःशूल्क बृद्धि गरेको छ । यसअघि यी मोटरसाइकलमा ४० प्रतिशत कर थियो । १० प्रतिशत बढेपछि अब ५० प्रतिशत पुगेको छ ।

यस्तै, २०० देखि २५० सीसीसम्मका मोटरसाइलकमा पनि १० प्रतिशत अन्तःशूल्क बढेको छ । यसअघि यी मोटरसाइकलको अन्तःशुल्क ५० प्रतिशत थियो । जुन, अब ६० प्रतिशत पुगेको छ । यसैगरी, २५० सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशत अन्तःशूल्क बढेको छ । यसअघि ६० प्रतिशत लाग्दै आएको अन्तःशुल्क अब ८० प्रतिशत पुगेको छ । यस्तै, ५०० देखि १००० क्षमताका मोटरसाइकलमा सत प्रतिशत अन्तःशूल्क लाग्ने भएको छ ।

(यो समाचार  रातोपाटी २६ भाद्र २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links