NMB Bank

Nepal Life Insurance

आयकर ऐन २०५८ बमोजिम अग्रिम कर कट्टीका दरहरु


(This article is written in Nepali for the benefit of small tax payers. To access the TDS resources in our portal, please click  here. We have membership provision for TDS package for the small tax payers, individuals and small NGO. Please click  here  for details.)

नेपालमा दर्ता भएको व्यवसाय ले निम्न बमोजिम को नेपालमा श्रोत भएको भुक्तानी गर्दा श्रोत मा आयकर कट्टा गर्नु पर्ने हुन्छ ।

  • रोजगारी- रोजगारीको आयमा काट्नु पर्ने दर सम्बन्धमा यो लेखमा छलफल गरिएको छैन 
  • लगानी प्रतिफल,
  • सेवा शुल्क तथा 
  • ठेक्का वा करार

उदाहरण

मानौंमोहनर्टेडर्सले आफ्नो लेखा परीक्षक लाई रु १०,००० को भुक्तानी गर्दैछन भने सो भुक्तानी मा रु १५०० अग्रिम कर कट्टा गरि बाकीं रु ८५०० मात्र लेखा परीक्षक लाइ भुक्तानी गर्नु पर्दछ । यसरी कट्टा गरिएको रु १५०० निज लेखा परीक्षकको  प्यान नम्बरमा जम्मा गरिदिनु पर्दछ ।

यसरी कुनै पनि व्यक्तिले आय वर्षमा गरेको आयलाई ऐनको परिच्छेद १७ अन्तर्गत उल्लेखित दफाहरुमा उल्लेख गरिएका भुक्तानीका किसिमहरुमा भुक्तानी गर्दा कै अवस्थामा तोकिएको दरले कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिने प्रणालीलाई भुक्तानीमा कर कट्टी   Withholding Taxभनिन्छ ।

माथिको   उदाहरणमा   मोहनट्रेडर्सलाइ अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ । अग्रिम कर कट्टा गरी बाँकी हुन आउने रु. ८,५०० प्राप्त गर्ने लेखा परीक्षकलाई अग्रिम कर कट्टी हुने व्यक्ति भनिन्छ ।

अग्रिम कर कट्टी भएको रकमलाई यो ऐनले कर मिलान हुने कर कट्टी रकम र अन्तिम हुने कर कट्टी  (Final Withholding Tax)  रकम गरी दुई किसिमले व्यवहार गरेकोछ । कर मिलान हुने कर कट्टी रकम भन्नाले अग्रिम कट्टी गरिएको कर रकम करदाताले बार्षिक तिर्नु पर्ने कर रकममा मिलान गर्न पाउने कर रकम हो भने अन्तिम हुने कर कट्टी रकम भन्नाले ऐनमा तोकिएको दर अनुसार भुक्तानीको समयमा काटिएको रकम नै करको अन्तिम भुक्तानी हुने रकम हो ।

अन्तिमरुपमा कर कट्टी हुने भुक्तानीमा   दफा ९२ मा उल्लेख भए बमोजिम बैठक भत्ता, पटके रुपमा अध्यापन गरेको भुक्तानी, लाभांश, भाडा, लाभ, व्याज तथा गैर बासिन्दा व्यक्तिलाई गरिएको कर कट्टी हुनुपर्ने भुक्तानीआदी पर्दछन्

 

अग्रिम कर कट्टीदर

स-साना व्यवसायीले दैनिक व्यवहारमा सामान्यतया गर्ने भुक्तानीमा अग्रिम कर कट्टी दर निम्न बमोजिम छ

गैरनाफामुलक संस्थाहरु,प्राइभेट कम्पनी एवं अन्य सम्पूर्ण संस्थाहरुले भुक्तानी गर्दा काट्नु पर्ने दरमा द्विविधा भै गलत दरमा काट्ने वा अनावस्यक करको भार आफुले लिने एवं कर कार्यालयमा ब्याज/शुल्क तिर्नु पर्ने अवस्था हामीले पाएका छौत्यसैले कुन भुक्तानीमा कतिअग्रिम कर कट्टीदर प्रयोग गर्ने भन्ने लगभग ७० भुक्तानी समावेश रहेको विस्तृत विवरण एवं सम्बन्धित ब्याख्या हामीलेनेपाल ट्याक्स अनलाइनको पोर्टलमा राखेका छौ विवरणमा  समावेश   भुक्तानीहरुका केहि उदाहरण :

  • भाडा (विभिन्न प्रकार सहित जस्तै जग्गा भाडा,रातो/कालो प्लेटको गाडी भाडा)
  • ट्रक/बस व्यवसायी संघहरुलाई भाडा भुक्तानी
  • ट्राभल एजेन्सीलाइ गरिएको गाडी भाडाको भुक्तानी
  • दैनिक ज्यालाको भुक्तानी
  • लोडिंग/अन-लोडिंगको ज्याला भुक्तानी
  • बिज्ञापनको भुक्तानी
  • कृषि सामग्री खरिदको भुक्तानी
  • हेलीकप्टर चार्जको भुक्तानी
  • सामान खरिदको भुक्तानी
  • टेन्डरबाट खरिदको भुक्तानी
  • ADSL/टेलीफोन बिल/पानीको भुक्तानी
  • होटल बिलको भुक्तानी
  • सरकार र सरकारी कर्मचारीलाई भुक्तानी

(एवं अन्य धेरै भुक्तानीहरु,त्यससँग सम्बन्धित परिपत्र,र हाम्रो ब्याख्या/ concept note   सामावेश विवरण यहाँ उपलब्ध छ)

केअग्रिम कर कट्टीगर्नुपर्ने भुक्तानीमा कर कट्टी नगरी भुक्तानी गर्न पाइन्छ?

अग्रिम कर कट्टा गर्नुपर्ने भुक्तानीमा कर कट्टा नै नगरी भुक्तानी गरिएको छ भनेपनि सो भुक्तानीमा अग्रिम कर कट्टा गरिएको मानिन्छ । सो अग्रिम कर कट्टा गरेको मानिने रकम वा अग्रिम कर कट्टा गरेको भए कट्टा गरेको रकम भुक्तानी गरेको नेपाली महिनाको अन्त्य भएको अर्को महिनाको २५ गते भित्र विवरण सहित बुझाउनु पर्ने हुन्छ ।यसरी नबुझाएमा ऐन बमोजिम ब्याज एवं शुल्क लाग्ने गर्दछ  

अग्रिम कर कट्टी गरिएको करको विवरण र भुक्तानी

ऐनको दफा ९५(क) बमोजिम अग्रीम कर असुल गर्नु पर्ने प्रत्येक व्यक्तिले अग्रीम कर विवरण र कर रकम विभागले तोकेको तरिका र ढाँचामा करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय वा ठूला करदाता कार्यालयमा दाखिला गर्नुपर्छ ।

उक्त अग्रीम कर कट्टीको विवरण र कर रकम प्रत्येक महिना समाप्त भएको २५ दिन भित्र दाखिला गर्नुपर्छ । दफा ८७, ८८ वा ८९ बमोजिम कुनै कर कट्टी गरिएको रकम वा कर कट्टी गरेको मानिने रकम सो अग्रिम कर कट्टी गर्ने व्यक्तिले दाखिला गर्नु पर्नेछ र कर कट्टा नभएमा वा दाखिला नभएमा कर कट्टी हुने व्यक्तिले उपदफा (१) मा उल्लिखित अवधि पश्चात् २५्र दिनभित्र सो कर दाखिला गर्नु पर्नेछ ।

करकट्टी बिबरण दाखिला गर्दा बिभागको   Web-site: www.ird.gov.np   मार्फत   Electronically  बिबरण   (E-TDS)   दाखिला गर्नु पर्नेछ । अर्थात, भुक्तानीमा कर कट्टी गर्नु पर्ने प्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको २५ दिन भित्रE-TDS मार्फत वा सम्बन्धित राजस्व कार्यालयमा दाखिला गर्नु पर्नेछ । अग्रिम कर कट्टी गर्ने दायित्व भएको व्यक्तिले कर कट्टी हुनु पर्ने भुक्तानीमा कर कट्टी गर्नु पर्नेछ । यस्तो ब्यक्तिले त्यस्तो भुक्तानीमा कर कट्टी गर्न छुटाएको भएता पनि ऐनको दफा ९० को उपदफा (३) बमोजिम बिभागले त्यस्तो ब्यक्ति बाट कर असुल गर्न सक्दछ ।

अग्रिम कर कट्टी गर्ने दायित्व भएको व्यक्तिले दफा ८७, ८८ वा ८९ मा तोकिएका भुक्तानीहरुमा अग्रिम कर कट्टा नगरेको र कट्टा नगरेतापनि कट्टा गर्नु पर्ने समयमा कट्टा गरेको मानिने अग्रिम कर रकम महिना समाप्त भएको २५ दिनभित्र सम्वन्धित राजस्व कार्यालयमा दाखिला नगरेको अवस्थामा अग्रिम कर कट्टी गर्ने र हुने व्यक्ति संयुक्त रुपमा वा छुट्टाछुट्टै रुपमा(Jointly and severally liable)कर रकम दाखिला गर्न जिम्मेवार हुन्छन् । अर्थात बिभागले दुई मध्ये कुनै एकलाई कर दाखिला गर्ने आदेश दिन सक्छ । दफा ८७, ८८ वा ८९ बमोजिम कर कट्टी नगरेको रकम अग्रिम कर कट्टी गर्ने व्यक्तिले विभागलाई दाखिला गरेको भएमा सो दाखिला भएको कर रकम बराबरको रकम सो कर कट्टी हुनु पर्ने व्यक्तिवाट असूल उपर गर्न पाउनेछ ।

अग्रिम कर कट्टी बिबरण दाखिला नगरेमा लाग्नेब्याज रशुल्कः

अग्रिम कर कट्टी गर्नुपर्ने प्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको २५ दिन भित्र विभागले तोकेको तरिका र ढाँचामा अग्रिम कर कट्टीको विवरण पेश गर्नुपर्ने कानूनी दायित्व पुरा गर्नुपर्ने हुन्छ । त्यस्तो विवरण पेश गर्ने दायित्व पुरा नगरेकालाई शुल्क लाग्दछ । निजलाई विवरण पेश गर्नु पर्ने मितिबाट विवरण दाखिला नभएको मितिसम्मको लागी अग्रिम कर कट्टी गर्नुपर्ने रकमको वार्षिक डेढ प्रतिशत (१.५%) का दरले शुल्क लाग्दछ । यस्तो शुल्क महिना वा महिनाको भागको समेत लाग्दछ ।

कर कट्टी गर्नेले म्याद भित्रअग्रिम कररकम नबुझाएमा ढिला बुझाउन ल्याएको अवधीको लागि १५% ले ब्याज लाग्दछ । कर कट्टी गर्नेव्यक्तिले त्यस्तो अवधिको लागि लागेको ब्याज कर कट्टी हुने व्यक्तिबाट असुल गर्न पाउने छैन ।

Social Links