काठमाडौं महानगरपालिकाको कर अनलाइनबाटै तिर्न मिल्ने


काठमाडौं महानगरपालिका घरमै बसेर कर तिर्न सकिने प्रण्णली सञ्चालनमा ल्याउने भएको छ । असोज १ गतेबाट राजस्व प्रणालीलाई अनलाइनमार्फत भुक्तानी हुने प्रणाली थालनी गर्न लागिएको हो ।
वडामा कर तिर्ने करदाताले यो प्रणालीबाट आफूले बुझाउनुपर्ने कर, शुल्क तथा दस्तुरको प्रारम्भिक मूल्यांकन आफैं र घरमै बसेर कर तिर्न सक्छन् ।
प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले करदातालाई कार्यालयमा आएर लामो लाइनमा बस्नु पर्ने अभ्यासले सुुशासनको प्रत्याभूत नगराने बताए ।

‘साउन १ गतेदेखि खर्च लेखाङ्कनलाई सब-नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सुत्र) मा आधारित बनाइसक्यौं । त्यसपछि भवन नक्सा स्वीकृति गर्ने पद्धतिलाई ईबीपीएस (इलेक्ट्रोनिक बिल्डिङ् परमिट सिस्टम) प्रणालीबाट कार्यान्वयनमा ल्याएका छौं, अब राजस्व प्रणालीलाई अनलाइन बनाउने अन्तिम तयारीमा पुगेका छौं ,’ उनले भने ।

जनताले सुशासनमा महानगर कहाँ छ भनेर प्रश्न गरिरहेका भन्दै उनले बिद्युतीय प्रणालीमा नागरिक अभ्यस्त हुन थालेपछि जवाफ आफैं पाउने बताए ।

यो प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटर्फम छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर जनसाधारण सबैका लागि उपयोग गर्न मिल्ने खालका छन् । साइट खोलेर करदाताले यसैका फिचर प्रयोग गरेर आफ्नो व्यवसाय, घरजग्गा वा अन्य करको प्रारम्भिक मूल्याङ्कन आफैं गर्न सक्नेछन् । आफूले कति कर तिर्नुपर्छ भन्ने करदातालाई थाहा हुनेछ ।

यो विवरण फरवार्ड गरेपछि कर मूल्यांकन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मूल्यांकनलाई अप्रुभल दिनेछन् । यसपछि करदाताले आफूसँग भएका अनलाइन पेमेन्ट सिस्टमबाट वा वडामा गएर कर दाखिला गर्न सक्नेछन् ।
राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेले महानगरको प्रगतिशील कर प्रणाली निर्माण गर्ने नीतिका आधारमा यो प्रणाली विकास गरिएको बताए ।

वाषिर्क २ लाख रुपैयाँसम्मको राजस्व मूल्याङ्कनको अधिकार वडालाई दिइएको छ । सफ्टवेयरको प्रयोगात्मक सिकाइका लागि महानगरले भोलि र पर्सि २ दिन वडालाई ४ समूहमा बाँडेर तालिम सञ्चालन गर्दैछ ।

(यो समाचार अनलाइन खबर २९ भाद्र २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links