साउन १ गतेदेखि मोबाइल एप्स वा विद्युतीय माध्यमबाटै कर तिर्न सकिने


काठमाण्डाै – साना करदाताले बिहीबार अर्थात् साउन १ गतेदेखि मोबाइल एप्स या विद्युतीय भुक्तानीका अन्य माध्यमबाटै कर तिर्न सक्ने भएका छन् । 

वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार र दुई लाख रुपैयाँसम्मको आय भएका करदाताले मोबाइल एप्स या विद्युतीय भुक्तानीका अन्य माध्यमबाटै कर तिर्न सकिने भएको हो । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा घोषणा गरेको यो व्यवस्था साउन १ गतेदेखि नै कार्यान्वयन हुने भएको हो ।

यसको लागि नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ भने आय विवरण र कर दाखिला फारमको नमुना पनि सार्वजनिक गरेको छ । कर दाखिला गरेपछि चुक्ताको प्रमाणपत्र पनि यसअघि कर कार्यालयबाटै पाइनेमा अब जुन माध्यमबाट भुक्तानी गरेको हो, त्यो माध्यमबाटै लिन सकिनेछ । 

‘वार्षिक २० लाख रुपैयाँ कारोबार गर्ने र दुई लाख रुपैयाँ आय भएका करदाताले साउन १ गतेदेखि कर कार्यालय या बैंकसम्म धाउन पर्दैन, मोबाइल एप या अन्य माध्यमबाटै भुक्तानी गर्न सक्ने छन्’, आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले उज्यालो अनलाइनसँग भन्नुभयो । 

यसको लागि महालेखा नियन्त्रकको कार्यालय र आन्तरिक राजस्व विभागले सबै तयारी सकेर राष्ट्र बैंकलाई जानकारी गराएको र राष्ट्र बैंकबाट पनि सबै निकायलाई परिपत्र र जानकारी पुगिसकेको उहाँले जानकारी दिनुभयो ।  

(यो समाचार उज्यालो ३१ असार २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links