पोखराका अटो व्यवसायीलाई कर प्रशिक्षण

पोखरा (अस) । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनले शनिवार करसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पोखराका अटो व्यवसायीहरू सहभागी रहेको अध्यक्ष चन्द्रबहादुर कुँवरले जानकारी दिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख केशव कुमार उप्रेतीले इमानदार भएर कर तिर्न व्यवसायीलाई आग्रह गरे । कर अधिकृत उद्यमराज न्यौपाने, नासु कृष्णहरि गौतम, चार्टर्ड एकाउन्टेन्ट लक्ष्मण अधिकारी, अडिटर पदम बन्धु पोखरेलले कार्यक्रममा करका विषयमा धारणा राखेका थिए । व्यवसायीले भोग्नुपर्ने कर सम्बन्धी समस्याहरूका विषयका कार्यक्रममा छलफल भएको कार्यक्रम संयोजक तेजेन्द्र पौडेलले जानकारी दिए ।

यो समाचार  अभियान डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links