करको दर घट्यो


केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदका दुबै सदनबाट पारित भई आयकर ऐन, २०५८ मा संशोधन गरी सहकारी संघ/संस्थाले तिर्नुपर्ने आयकरमा छुटको व्यवस्था भएको छ ।

 

उक्त ऐनको अनुसूचि १ को दफा २ को (क) को ३ लाई संशोधन गरी सहकारी ऐन, २०७४ वमोजिम दर्ता भई नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रमा संचालन भएका बचत तथा ऋण सहकारी संस्था वा संघलाई साविकमा २० प्रतिशत आयकर लाग्दै आएकोमा उक्त करको दरमा नगरपालिका क्षेत्रमा संचालितलाई पचहत्तर प्रतिशत र उपमहानगरपालिका र महानगरपालिका क्षेत्रभित्र संचालितलाई पचास प्रतिशत छुटको व्यवस्था गरेको छ।

 

यस व्यवस्थाबाट हाल नगरपालिकामा संचालित बचत तथा ऋण सहकारी संघ/ संस्थाले आयकरको ५ प्रतिशत र उपमहानगरपालिका र महानगरपालिकामा संचालित सहकारी संघ/संस्थाले आयकरको १० प्रतिशत मात्र कर बुझाउनुपर्ने व्यवस्था भएको छ ।

योसंशोधनले बचत तथा ऋण सहकारी संघ/ संस्थालाइ मात्रै राहत उपलब्ध गराएको छ । बचत तथा ऋण सहकारी संस्था बाहेकका आन्या सहकारीहरु जस्तै बहुउद्देश्यीय सहकारी संस्था, शैक्षिक सहकारी संस्था, उपभोक्ता सहकारी संस्था लाइ भने यो संशोधनले राहत उपलब्ध गराएको छैन।

Social Links