विद्युतीय सवारीमा कर थप्ने नेपालका अर्थमन्त्री र अनुदान दिने जर्मनीका अर्थमन्त्री

शम्भु श्रेष्ठ: कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणले ध्वस्त पारेको अर्थतन्त्र उकास्न के गर्नुपर्ला भनेर हाम्रा अर्थमन्त्री युवराज खतिवडा जतिबेला दलाल पुँजीपति र विचौलियासँग बसेर छलफल गर्दै थिए, त्यति नै बेला जर्मनका वित्तमन्त्री ओलम स्कोलज पनि यही चिन्तामा थिए । फरक यतिमात्र हो, नेपालका अर्थमन्त्री खतिवडा दलाल पुँजीपतिको सल्लाह बमोजिम बजेट बनाउन तयारीमा थिए भने, जर्मनीका वित्तमन्त्री स्कोलज त्यहाँको अर्थविद्, वातावरणविद् र योजनाविज्ञहरुसँग बजेटका विषयमा छलफल गरिरहेका थिए । यी दुई देशका अर्थमन्त्रीले बनाएको बजेटको परिणाम नेपालमा विद्युतीय सवारी साधनको भन्सारमा १४९ प्रतिशतसम्म भन्सार अन्तशुल्क र अन्य कर बढाइयो भने जर्मनीमा साढे दुई अर्ब अमेरिकी डलर विद्युतीय सवारी साधन खरिदकर्तालाई अनुदानको रुपमा छुट्याइयो ।

उनको यो नीतिले सरकारकै विरोध भइरहेको छ । प्रधानमन्त्री ओलीको छविमा दाग लागेको छ । बजेट भाषण हुनुभन्दा अगाडि पुरानै दरमा भित्रिएका सवारी साधनले ‘भ्रष्टाचारीको अनुहारै हेर्दिन’ भन्ने प्रधानमन्त्री ओलीले दिनरात त्यही अनुहार हेरेर निरीह बन्नु परेको छ ।
 

जर्मन र नेपालको बजेटको तुलना गर्ने हो भने बजेट अगाडि ५०/६० लाखमा मध्यम वर्गले चढ्ने गरेको विद्युतीय गाडी बजेटपछि डेढ करोड पुगेको छ भने जर्मनीमा ४० हजार युरो वा त्योभन्दा कम मूल्यको विद्युतीय गाडी किन्दा उल्टै ९ हजार युरो सरकारले ग्राहकलाई अनुदान दिने भएको छ । नेपालमा विद्युतीय गाडीलाई पूर्णरुपमा प्रतिबन्ध लगाउने रणनीति यो बजेटले गरेको छ भने जर्मनीमा सन् २०३० सम्म कर मिनाहा गरिएको छ । त्यसैगरी जर्मनी गाडी निर्माता कम्पनीहरुलाई विद्युतीय गाडी उत्पादनमा सहयोग पु¥याउन जर्मनल १४५ अर्ब अमेरिकी डलर छुट्याएको छ ।

जर्मन र नेपालका अर्थमन्त्रीले पेश गरेको बजेटबाटै अर्थमन्त्री खतिवडा कति निकम्मा रहेकाछन् भन्ने पुष्टि गर्छ । उनले विद्युतीय सवारी साधनलाई विलासिताको साधन भएकाले विदेशी मुद्रा बाहिरिन नदिन भन्सार, अन्तशुल्क बढाएको तर्क दिएर आफैं उल्लू बनेका छन् । उनको यो तर्क नेकपाको घोषणा पत्र र नेपाल सरकारको नीति विपरित छ । नेकपाको घोषणा पत्रमा काठमाडौंलगायत प्रमुख शहरमा विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने कुरा उल्लेख गरिएको छ । स्वंयम् प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० मा नेपालमा २० प्रतिशत विद्युतीय सवारी साधन प्रयोग गर्ने घोषणा गरेका थिए ।

सिंगो विश्वको अर्थतन्त्रलाई कोरोना भाइरसले तहन–नहस बनाएको बेला नेपालको अर्थतन्त्रलाई पनि आत्मनिर्भरमुखी बनाउन सकिएको भए जनतामा ‘अब त देश बन्छ’ भन्ने आशा जाग्ने थियो । तर, दूर्भाग्य ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने नियति भोग्न नेपाली जनता बाध्य छन् । अर्थमन्त्रीको सोच विदेसिने मुद्रा जोगाउने हो भने विद्युतीय सवारीमा होइन, आलु, प्याजलगायतका आफैंले उत्पादन गर्न सक्ने वस्तुमा भन्सार बढाएर नेपाली कृषकलाई प्रोत्साहित गरेको भए खर्बौ रुपैयाँ जोगिन सक्थ्यो । भन्सार विभागको तथ्यांकअनुसार ०७५/७६ मा मात्रै भारतबाट १४ अर्ब ६० करोड ९० लाख बराबरको तरकारी तथा फलफूल आयात भएको देखिन्छ ।

तर, उनले आफ्नो अन्तिम कार्यकालमा दलाल पुँजीपति र विचौलियासँग सेटिङ गरेर देश डुबाउने नीति लिए । उनको यो नीतिले सरकारकै विरोध भइरहेको छ । प्रधानमन्त्री ओलीको छविमा दाग लागेको छ । बजेट भाषण हुनुभन्दा अगाडि पुरानै दरमा भित्रिएका सवारी साधनले ‘भ्रष्टाचारीको अनुहारै हेर्दिन भन्ने प्रधानमन्त्री ओलीले दिनरात त्यही अनुहार हेरेर निरीह बन्नु परेको छ ।

अर्थमत्रन्त्री खतिवडाले विदेशी मुद्रा जोगाउन विद्युतीय गाडीमा भन्सार बढाउनु परेकोे हाँस्यस्पद तर्क दिएपनि गत आव ०७४/७५ मा ७४ करोड ४९ लाखको मात्र विद्युतीय सवारी आयात भएको छ भने १५ अर्ब ४९ करोडको पेट्रोलियम पर्दाथबाट सञ्चालन हुने सवारी साधान आयात भएको देखिन्छ । यसले व्यापारघाटा थप बढ्दै गएको छ ।

कोरोनाका कारण सम्पूर्ण उद्योगधन्दा, कलकारखानार होटल रेष्टुरेन्टहरु बन्द छन् । दैनिक एक करोडको विद्युत पनि खपत हुन सकेको छैन । अब केही समय पछाडि एक हजार मेगावाट विद्युत थपिँदैछ । यस्तो बेला पेट्रोलियम पर्दाथको आयातलाई विस्थापित गर्न पनि विद्युतीय सवारीमा सरकारको ध्यान जानु पर्दथ्यो । त्यसो नभएकाले अबको दिनमा विद्युत प्राधिकरण समेत टाट पर्ने देखिन्छ । तर, चिन्ता कसलाई छ र ?

(यो समाचार  दृष्टि न्युज  मा, २७ जेष्ठ २०७७ प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links