अर्थमन्त्री खतिवडालाई पूर्वअर्थसचिव सुवेदीको सुझावः यसरी बढाउन सकिन्छ करको दायरा र दर

कोरोनाको महामारीका कारण यतिबेला अर्थतन्त्र कमजोर बनेको छ । आर्थिक चक्र ठप्प हुँदा राज्यलाई प्राप्त हुने राजस्व पनि कम भएको छ । यस्तो अवस्थामा सरकारका अगाडि आगामी वर्ष कसरी लक्ष्य अनुसारको राजस्व संकलन गर्ने भन्ने चुनौती थपिएको छ ।

एकातिर रेमिट्यान्स घट्ने प्रक्षेपण गरिएको छ भने अर्कोतर्फ राजस्व पनि कम उठ्ने देखिएको छ । लामो समयसम्म उद्योग, प्रतिष्ठान तथा आयोजनाका काम ठप्प हुँदा यसले सोझो असर राजस्व संकलनमा परेको छ ।

त्यसैले आगामी वर्ष सरकारलाई राजस्व संकलनका लागि ठूलो चुनौती छ ।

सबैभन्दा पहिले त आयकर ऐन अनुसार सबै आम्दानी व्यवहारिक रुपमा करको दायरामा आउन सकेका छ्रैनन् ।

खासगरी साना व्यवसायहरु पछिल्लो समय आएका नयाँ अनलाइन व्यवसायहरु,भर्चुअल कारोबार
करको दायरामा आएका छैन । सामाजिक सञ्जालमा हुने विज्ञापन समेत नेपालमा करको दायरामा आउन सकेको छैन ।

यी व्यवसायहरुलाई करको दायरामा ल्याउनमा सकिन्छ । हामीले कर बढाउनका लागि अन्य क्षेत्रहरु खोज्नुपर्ने हुन्छ । कतिपय क्षेत्रमा करको दर नै बढाउनुपर्ने क्षेत्रहरु छन् । बिलासीका वस्तुका आयातमा सरकारले भन्सार महशुल बढाउन सक्छ ।

अहिले छिमेकी देशहरुमा स्वास्थ्यलाई नकारात्मक प्रभाव पार्ने वस्तुहरुमा छिमेकी मुलुकले कोरोना विशेष कर समेत लगाएका छन् । नकारात्मक सूचिको क्षेत्रमा पर्ने मदिरा र सुर्तीजन्य पदार्थमा यस्तो कर लगाउन सकिन्छ । सवारी साधनमा भने सीसी क्षमता अनुसारको भन्सार महशुल बढाउने सकिन्छ ।

नेपालमा भ्याट छुटको लिस्ट लामो छ त्यसलाई घटाउनुपर्छ ।   अन्तशुल्क लगाउन सक्ने वस्तुमा पहिचान गर्ने र अन्तशुल्क लगाउन सक्ने क्षेत्रहरु अझै छन् ।

नेपालमा नै उत्पादन हुने वस्तुको विदेशबाट आयात हुँदा त्यसमा थप भन्सार अन्तशुल्क लगाउन सकिन्छ । कृषि क्षेत्रलाई प्रोत्साहन गर्नको लागि अहिले सेभ गार्डस एन्टी डम्पिङ तथा काउन्टरभेलिङ ऐन अनुसार थप महशुल बढाउन सकिन्छ ।

आत्मनिर्भर अर्थतन्त्र बनाउन र स्वदेशमा उत्पादन बढाउनका लागि कानून अनुसार स्वदेशी उत्पादन वस्तुलाई प्रोत्साहन दिनका लागि सो कर लगाउन सकिन्छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको छ । यो अहिलेको स्थिती हेर्दा डेढ वर्ष इन्धनको मूल्य बढ्ने सम्भावना देखिएको छैन । अहिलेको मूल्यमा २० प्रतिशत मूल्य बढेमा १० प्रतिशत मूल्य घटाएर १० प्रतिशत इन्धनमा थप कर लगाउन सकिन्छ ।

यस्तो गर्दा उपभोक्तालाई अहिलेको मूल्यमा भार पर्दैन । तेलको मूल्यमा भारतले समेत यस्तो खाले कर लगाएको छ । मूल्यलाई लगभग समान बनाउनुपर्ने हुन्छ ।

गतवर्षदेखि सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउने भनिएको थियो । पर्याप्त गृहकार्य गर्ने हो भने अहिले सामाजिक सञ्जालमा हुने विज्ञापनमा कर लगाउन सक्ने सम्भावना छ ।

करका यी त दर तथा दायारा बढाउने क्षेत्रहरु भए ।

नेपालमा  कर प्रणाली कानूनको परिपालनाको लागि करको दायारा विस्तारको लागि प्रभावकारी अनुगमनको खाँचो रहेको छ ।

कर अधिकृतले निर्धारण गरेको रकममा चित्त नबुझेपछि सिधै सर्वोच्च अदालत गएर स्टे लिने प्रचलन समेत बढेको छ । अदालतमा करका मुद्दाहरु पेन्डिङ बस्दा राज्यले पाउने कर रकमहरु नआएर बसेको छ ।

सरकारले यो वर्ष कठिन अवस्था भएको हुँदा अदालतमा गएका करका मुद्दाहरुमा तिनुपर्ने कर रकममा छुट दिएर कर तिर्नका लागि प्रोत्साहन गर्न सकिन्छ ।

मूल्य अभिबृद्धि कर(भ्याट) कार्यान्वयन भएपछि अहिले यसमा धेरै खाले समस्या बढेको छ । नन फाइलहरुको संख्या उस्तै छ भने डेभिटभन्दा क्रेडिट फाइल पेश गर्नेको संख्या हरेक वर्ष बढेको छ । भ्याटमा क्रेडिट र डेबिटको हिसाब मिलेको छैन ।

क्रेडिट दाबी गरेका करदाताको गोदाममा नै गएर अनुगमन गर्नुपर्ने स्थिती छ । स्टकमा सामान नहुने र क्रेडिट मात्र फाइल पेश गर्ने र नन फाइल नै पेश गर्ने करदातामा अनुगमन बढाउनुपर्छ ।

२०५४ सालमा भ्याटमा दर्ता भएर क्रेडिट फाइलमात्र दाबी गर्ने करदाता हामीले २०६५ सालतिर भेटेका थियौ । अनुगमन गरेपछि त्योबेला यस्तो समस्या हटेको थियो ।

अबको हाम्रो नीति आयात घटाउने निर्यात प्रवद्र्धन गर्ने तथा आन्तरिक उत्पादन बढाउने गर्नुपर्छ । निर्यात प्रवद्र्धनका लागि केही समय लागे पनि आन्तरिक उत्पादन बढाउनुपर्छ । त्यो भएपछि आयातबाट आउने भ्याटभन्दा आन्तरिक उत्पादनबाट बढी हुन्छ ।
अनौपचारिक व्यापार कारोबार अनलाइन प्रणाली जोड दिनु पर्छ ।

अहिले कर कानूनको कार्यान्वयन अवस्था कमजोर छ । अनुगमन नभएको कारण कार्यानवयन कमजोरी देखिएको छ ।

राजस्व बढाउनका लागि व्यवसायिकमैत्री नीति लिएर ऐन कानूनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । सामान्य अवस्थामा आगामी वर्ष कारोबार भएमा २० प्रतिशतको राजस्व बृद्धि भने सजिलै हुन्छ ।

अहिले कर कार्यालयको संख्या बढेको छ । राजस्वमा काम गर्ने कर्मचारी राजस्वको भएको हुँदा दक्ष र विज्ञ छन् । अन्य सेवामा जस्तो सरुवापनि छिटो हुँदैन् । त्यो हुँदा अनुगमन गर्नका लागि पहिलेभन्दा सहज पनि छ । अब सबै कारोबारलाई केन्द्रीय बिलिङ प्रणालीलाई विस्तारै बढाउनुपर्छ ।

पूर्वअर्थसचिव सुवेदीसँग क्लिकमाण्डूले गरेको कुराकानीमा आधारित

(यो समाचार १ जेष्ठ  २०७७ मा क्लिकमांडू मा प्रकाशित  लेख  बाट  साभार  गरिएको  हो  । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links