जंकफुडको कर शतप्रतिशत वृद्धि, इनर्जी ड्रिङ्समा पनि कर, विदेशी वाइन र मदिराको भाउ बढ्ने

काठमाडौं। सरकारले जंकफूड र इनर्जी ड्रिंक्सको उपभोग निरुत्साहित गर्न करको दर व्यापक बढाएको छ। बजेटमार्फत इनर्जी ड्रिंक्समा पहिलो पटक प्रतिलिटर २५ रुपैयाँ अन्तशुल्क लगाएको छ। पछिल्लो समयमा इनर्जी डिंक्सको उपभोग बढ्दो क्रममा रहेको छ। अब इनर्जी ड्रिङ्सको मूल्य समेत बढ्नेछ।

बजेटबाट कुरकुरे, कुरमुरे, चिजबल्स, लेज लगायतका वस्तुमा अन्तशुल्क प्रतिकिलो साढे सात रुपैयाँबाट बढाएर १५ रुपैयाँ पुर्याएको छ। विदेश र स्वदेशमा समेत उत्पादन हुन थालेको यो वस्तुको उपभोग पछिल्लो समयमा बढ्दै गएको छ।
 
बजेटबाट कोका मिसिएको चकलेटमा समेत अन्तशुल्क लगाउन सुरु गरिएको छ। आयातित र स्वदेशमै उत्पादन हुने चकलेटमा अन्तशुल्क लाग्नेछ। स्वदेशमा उत्पादन हुने वियर, वाइन र विदेशबाट आयात हुने मदिराको अन्तशुल्क पनि भारी रुपमा बढाइएको छ।स्वदेशमा उत्पादन हुने साइडर र विदेशबाट आयात हुने साइडको अन्तशुल्कको डन्डा वेस्सरी लगाइएको छ।
 
मेकअपका सामाग्रीदेखि घर सजावटका सरसामानको पनि कर बढाइएको छ। एप्पल साइडरको भाउ पनि बढ्ने छ। 

विवरणपुरानो दरनयाँ दर
आलु चिप्सप्रति किलो ७.५ रुपैयाँप्रति किलो १५ रुपैयाँ
बदामथिएनमोल प्रतिशत ५
भुँइकटर(जुस)थिएनमोल प्रतिशत ५
स्ट्रबेरी(जुस)थिएनमोल प्रतिशत ५
गोलभेँडाको रसप्रति लिटर ४.५ रुपैयाँप्रति लिटर १० रुपैयाँ
सुर्तीरहित पान मसलाप्रति किलो ४६२ रुपैयाँप्रति किलो ५५५ रुपैयाँ
कुरकुरे, कुरमुरे, चिजबल्स, लेजलगायतप्रति किलो ७.५ रुपैयाँप्रति किलो १५ रुपैयाँ
सुर्तीरहित सुगन्धित सुपारीप्रति किलो १७१ रुपैयाँप्रति किलो २०५ रुपैयाँ
अल्कोहलरहित वियरप्रति लिटर ७ रुपैयाँप्रति लिटर १५ रुपैयाँ
इनर्जी ड्रिङ्सथिएनप्रति लिटर २५ रुपैयाँ
जौबाट बनेको बियरप्रति लिटर ११५ रुपैयाँप्रति लिटर १५० रुपैयाँ
पास्ताप्रति किलो ७.५ रुपैयाँप्रति किलो १५ रुपैयाँ
१२% भन्दा बढि अल्कोहल भएका (आयात मात्र)प्रति लिटर २८० रुपैयाँप्रति लिटर ३३५ रुपैयाँ
१२% भन्दा बढि १७% सम्म अल्कोकल भएकाप्रति लिटर २८० रुपैयाँप्रति लिटर ३३५ रुपैयाँ
१७% भन्दा बढी अल्कोहल भएकाप्रति लिटर ३२५ रुपैयाँप्रति लिटर ३९० रुपैयाँ
स्वदेशमै बनेको १२% सम्म अल्कोहल भएको वाइनप्रति लिटर ८० रुपैयाँप्रति लिटर १२० रुपैयाँ
सेम्पेन, सेरी, मिड, पेरी, विदेशमा उत्पादित साइडरप्रति लिटर ३१३ रुपैयाँप्रति लिटर ३९० रुपैयाँ
स्वदेशमा उत्पादित साइडरप्रति लिटर ११९ रुपैयाँप्रति लिटर १६० रुपैयाँ
करौतीले काटेर वर्गाकार बनाएको मार्वल५ प्रतिशत१५ प्रतिशत
ह्वाइट सिमेन्टप्रति मेट्रिक टन १८० रुपैयाँप्रति मेट्रिक टन २०० रुपैयाँ
हाइड्रोलिक सिमेन्टप्रति मेट्रिक टन १८० रुपैयाँप्रति मेट्रिक टन २०० रुपैयाँ
























यो समाचार  बिजमाण्डू डट कम  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links