नेपालमा लगाइएको कर संसारकै सस्तो : प्रम ओली


काठमाडाैं, भदौ ५ । स्थानीय निकायले अत्याधिक कर लागाइरहेको, कुखुरा, बाख्रादेखि साइकलसम्ममा कर लिइरहेको जनगुनासो आइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपालमा लगाइएको कर संसारकै सस्तो भएकोे बताए ।

उनले राजश्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताउँदै जे कुरा गर्दा पनि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए ।

पत्रकारको जिज्ञाशामा उनले ‘प्रदेशले विदा दियो त भइगयो नि विवाद किन गर्नु ?’ भन्ने जवाफ दिएका छन् । सर्वोच्च अदालतमा दुई जना कायम मुकायम प्रधानन्यायाधिस भएको विषयमा आफूलाई थाहा नभएको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले कसैको उलामालाको भरमा अहिलेको सरकार नचल्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जे गर्दा पनि आलोचना र होहल्ला भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले बाटोमा खाल्डो पर्दा पनि सरकारलाई आलोचना गर्ने र खाल्टो पुर्दा पनि टालटुले सरकार भनेर आलोचना हुने गरेको बताए ।

यो समाचार  आर्थिकन्यूज डटकम  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links