हंगेरीमा महिलालाई प्रधानमन्त्रीको प्रस्ताव : चार सन्तान पाउनू, कहिल्यै कर नतिर्नू !

बुडापेस्ट : हंगेरीका प्रधानमन्त्री भिक्टोर अर्बनले आफ्नो देशमा घट्दैगरेको जनसंख्या बढाउने उद्देश्यले यहाँका महिलाहरुलाई चार सन्तान पाएको खण्डमा आयकर तिर्नु नपर्ने प्रावधान अघि सारेका छन् ।

उनले राज्यको नाममा सम्बोधन गर्दै महिलाका लागि यस्तो प्रस्ताव अघि सारेका हुन् । यस क्रममा उनले भनेका छन्, ‘चार सन्तान पाउनू, र कहिल्यै आयकर नतिर्नू !’
युरोपेली मुलुकमध्ये हंगेरीका प्रधानमन्त्री अर्बन आप्रवासनको सवालमा खुलेरै विरोध गर्ने नेताको रुपमा चिनिन्छन् । विशेषगरी मुस्लिम प्रभावी मुलुकबाट हंगेरी छिर्ने नागरिकका लागि कडा प्रावधान पनि छ ।

प्रधानमन्त्री अर्बनले आप्रवाशनको सट्टा आफ्नै मुलुकका जोडीलाई सन्तान बृद्धिका लागि प्रेरित गर्न नयाँ प्रस्ताव गरेका हुन् । युरोपमा बालबालिकाको संख्या नबढ्नुमा बसाइसराइ एक कारण भएको भन्दै आफूहरुले फरक तरिकाले सोच्ने प्रधानमन्त्री भिक्टोरले बताएका थिए । उनले सम्बोधनको क्रममा आफूहरु हंगेरियन बालबालिका नै चाहेको भन्दै यस्तो नीति अवलम्वन गरेको बताएका छन् ।

यो समाचार  अन्नपुर्ण पोस्ट बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।


 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links