कर छली : चार अर्ब बिगो माग

काठमाडौं : सरकारले चार अर्ब एक करोड ३६ लाख राजस्व अपलचन गरेको अभियोगमा तीनवटा फमलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका फममध्ये शिव इन्टरप्राइजेज र मण्डला इन्टरप्राइजेजबिरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरिएको छ भने हिमालयन कार्गोको मुद्दा शुक्रबार जिल्ला अदालत काठमाडौंमा दर्ता हुँदै छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले हिमालय कार्गोबाट दुई अर्ब ७२ करोड राजस्व असुल गर्ने गरी शुक्रबार मुद्दा दर्ता गर्न लागिएको जानकारी दिए । यो रकम बिगो र जरिवानासहितको हो । उनले भने, ‘यसमा ६ जना भन्सार कार्यालयका कर्मचारी पनि तानिँदै छन् ।’ नेपालगन्ज भन्सार कार्यालयका प्रमुखसहित अन्य पाँच जना भन्सारका कर्मचारी पनि यसका दोषी देखिएका छन् ।

‘हिमालय कार्गोका सञ्चालक विनोद गुप्तासहित उनकी श्रीमती मधु गुप्ताले ४५ करोड ४२ लाख रुपैयाँ कर छलेको पाइएको छ’, मैनालीले भने, ‘दुवै ैजनाले बिगो माग दाबी र जरिवानसहित दुई अर्ब ७२ करोड राजस्व छलिको अभियोगमा मुद्दा दर्ता गर्न लागिएको हो ।’ राजस्व अनुसन्धान विभागले गुप्तालाई आयकर छली र भन्सार शुल्क नै नतिरी सामान भित्र्याएको र भएका बिलबिजक समेत नष्ट गरे प्रमाण लुकाएको अभियोगमा मुद्दा दर्ता गर्न लागेको हो । जेठ २७ मा नोभा ब्रान्डको घिउ र पाउडर दूध लिएर काठमाडौं आएका करिब डेढ सय ट्रक नियन्त्रणमा लिएर विभागले अनुसन्धान गरेको थियो ।

राजस्व नबुझाइ आर्थिक वर्ष २०६५/६६ देखि २०७४/७५ सम्म गुप्ताले वार्षिक पाँच हजारका दरले साना करदाताका रूपमा कर बुझाउँदै आएका छन् । अभियुक्त गुप्ताको काठमाडौंमा करिब दुई अर्बभन्दा बढीको सम्पत्ति छ भने उनी भारतीय सनसाइन कम्पनीका मालिक हुन् । भारतीय मूलका उनले नेपाली केटीसँग विवाह गरेर नेपालमा विभिन्न फममार्फत अवैध धन्दा सञ्चालन गरिरहेका छन् । गुप्ताको कुलेश्वरमा कार्गो कार्यालय छ भने सीतापाइलामा १७/१८ रोपनीमा फैलिएको गोदाम छ ।

राजस्व अपचलनको अभियोगमा हिमालयन कार्गोको कार्यालय र गोदाममा विभागले असार २० गते सिल गरेको थियो । सोही बेलादेखि कार्गो सञ्चालक गुप्ता प्रहरी हिरासतमा छन् भने उनकी श्रीमती मधु गुप्ता फरार छिन् ।

यस्तै राजस्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले एक अर्ब २३ करोड राजस्व छलेको अभियोगका शिव इन्टरप्राइजेजका नाममा जिल्ला अदालत रुपन्देहीमा गत सोमबार मुद्दा दर्ता गरेको छ । चोरी पैठारी गरी समानान्तर, झुट एवम् नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाउन, नक्कली फम खडा गर्ने, भन्सार महसुल नतिरी भन्सारबाट सामान बोकेको गाडी पास गराएको अभियोगमा फम सञ्चालक तथा मतियारबिरुद्धमा मुद्दा दायरा गराएको महानिर्देशक मैनालीले बताए ।

  • दुई अर्ब ७२ करोड : हिमालय कार्गो
  • एक अर्ब २३ करोड : शिव इन्टरप्राइजेज 
  • अजिमा इन्टरप्राइजेज : ६ करोड ७९ लाख

‘सिद्धार्थ नगरपालिका वडा नं. १ बस्ने भन्सार एजेन्ट नवराज उपाध्यायले सिद्धार्थ नगरपालिका वडा– ८ बस्ने कमला रसाइलीका नाममा फम दर्ता गराएर राजस्व चुहावटसम्बन्धी विभिन्न काम गरेको अनुसन्धानमा पाइयो’, मैनालीले भने,‘मूल्यको नक्कली बिल बनाउनेदेखि उस्तै बिल बनाएर बजारमा सामान पठाउनेसम्मको काम समेत भएका छन् ।’ त्यसैका आधारमा मुख्य अभियुक्त उपाध्यायसहित अर्का अभियुक्त शशांक खनाल, मतियार कमला रसाइली र राजकुमार गुप्ताबाट एक अर्ब सात करोड जरिवाना माग दाबीसहित रुपन्देही अदालतमा मुद्दा दायरा भएको हो । शिव इन्टरप्राइजेजका मुख्य अभियुक्त उपाध्याय र खनाललाई आठ/आठ करोड १७/१७ लाख गरी १६ करोड ३५ लाख विगो माग गरिएको छ । विगो र जरिवानासहित एक अर्ब २३ करोड जरिवानासहित मुख्य अभियुक्तलाई तीन वर्ष र मतियारलाई डेढ वर्ष कैद सजायको माग गरिएको छ ।

जिल्ला अदालत रुपन्देहीले बिहीबार मुख्य अभियुक्त उपाध्याय र खनाललाई क्रमशः १६ र आठ करोड धरौटी माग गरेको छ भने मतियार रसाइलीलाई पाँच लाख र गुप्तालाई आठ लाख धरौटी माग गरेको महानिर्देशक मैनालीले जानकारी दिए । यी चारै जना अहिले हिरासदमा छन् । रसाइली सिद्धार्थ नगरमा टेलरिङ व्यवसाय गरेर बस्ने सामान्य महिला हुन् ।

विभागका अनुसार उपाध्यायले दुई वर्षअघि रसाइलीको नाममा फम दर्ता गराएर नक्कली बिजकविजक जारी गरी भन्सारसँगको मिलेमतोमा बिल नै नदेखाइ आलु, प्याजदेखि गार्मेन्टका कपडा र मोटर्स पार्टससम्मका माल वस्तु भित्र्याएको अनुसन्धानबाट फेला परेको छ । ‘इन्टरप्राइजेजका प्रोपराइटर रसाइलीलाई खाली चेकमा सही गर्न लगाएर उपाध्याय, खनाल र गुप्ताले कर छलीको धन्दा चलाएको पाइयो, मैनालीले भने, ‘नक्कली फम खडा गर्नेदेखि भ्याटमा कारोबार शून्य देखाएर सामान आयात गर्ने, नक्कली प्रज्ञापनपत्र बनाएर भन्सारबाट सामान निकाल्ने, भ्याटको नक्कली बिल बनाएर काठमाडौंसम्म सामान ल्याएको प्रमाण फेला परेको छ ।’

यस्तै मण्डला अजिमा इन्टरप्राइजेजका प्रो.शशांक खनाल र मतियार राजकुमार गुप्तालाई राजस्व चुहावटको अभियोगमा ६ करोड ७९ लाख विगो र जरिवानासहित कैद सजाय मागसहित मुद्दा दर्ता गरिएको छ ।

यो समाचार अन्नपूर्ण पोस्ट बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links