असुल भएको बढी कर वापतको ८ लाख रकम फिर्ता

सर्लाही । जिल्लाको हरिवन नगरपालिकाले नागरीकबाट असुल भएको वढी कर वापतको झण्डै ८ लाख रकम फिर्ता गरेको छ । भदौ १० गतेको नगरकार्यपालिकाको वैठकले सम्पति करमा ७५ प्रतिशत छुट दिने निर्णय गर्नु अघि नागरीकले तिरेको बढी कर वापतको ७ लाख ९० हजा ९ सय ८६ रुपैया बढी कर वापतको रकम फिर्ता गरेको हो ।

उद्योग वाणिज्य संघ हरिवनका पदाधिकारी, समाजसेवी, नागरीक समाज, विभिन्न वडाका वडा अध्यक्ष, नगरका कर्मचारी सहितको रोहवरमा नगरपालिकाका मेयर गणेश प्रसाईले बढी कर वापतको रकम फिर्ता गर्नु भएको हो । जनताले खुशि भएर तिरेको कर नै नगरपालिकाका वा राज्यको सम्पति हो ।

नागरीकको ढाड सेक्ने गरी कर लिने पक्षमा आफुहरु कर असुल्ने पक्षमा नभएको भन्दै मेयर प्रसाईले भदौ १० गते नै आफुहरुले सम्पति करमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको बताउनु भयो । नगरपालिकाले निर्णय गर्नु पूर्व १ हजार ७ सय ५० जना नागरीकले तिरेको वढी कर वापतको रकम आज फिर्ता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले वताउनु भयो ।

उहाँले नगरपालिकाको निर्णयले नागरीक राहत मिल्ने आफुहरुले अपेक्षा गरेको बताउनु भयो । कर फिर्ता कार्यक्रममा उपमेयर रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वडा नम्बर ११ का अध्यक्ष शेख मेहवुव रेजा, हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष मोहनलाल श्रेष्ठ, सचिव कृष्ण प्रसाद श्रेष्ठ, नेकपाका नेता विदुर कुमार प्याकुरेल, चुडामणि वाग्ले, स्थानीय उद्योगी व्यापारी लगायतको उपस्थिती रहेको नगरपालिकाले जनाएको छ ।

यो समाचार  ढुकढुकि एफएम डटकम बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन ।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links