कर कार्यालयमा करकर, ६२५ रुपैयाँ तिर्न १० हजारको गाडी रिजर्भ !

कालिकोट, २९ असाेज । सरकार सञ्चालनको मुख्य स्रोत मानिएको आन्तरिक राजश्व संकलन तथा कर कार्यालय जुम्लाका कार्यालय प्रमुखले फोन उठाउनै छोडेका छन् । आन्तरिक राजश्व कार्यालय जुम्लामा कर तिर्ने करदाताले बढी करकर गर्न थालेपछि कार्यालय प्रमुखले फोन नै नउठाउन छाडेका छन् ।

जुम्ला, मुगु र कालिकोट जिल्लाका स्थानीय ब्यापारी तथा रोजगारी भएकाहरुले आन्तरिक राजश्व कार्यालयमा कर तिर्ने गरेको छन् । कोरोना संक्रमण बढ्दै गइरहेका बेला करदाताहरुलाइ सहज होस् भन्ने उद्देश्यले आन्तरिक राजश्व कार्यालयले प्यानमा दर्ता भएका साना व्यवसायी तथा रोजगारदाता हरूका लागि अनलाइन प्रणाली मार्फत कर चुक्ता गर्ने व्यवस्था प्रभावकारी हुन सकेको छैन ।
कुनै बेला कर कार्यालयकाे वेबसाइटकाे सर्भर नचल्ने, चले पनि कर चुक्ता नहुने, भुक्तानी गर्दा भौचर प्रिन्टमा हुने समस्या देखिएका छन् । करदाताले युजर आइडी र पासवर्ड पाउन समेत कठिनाइ भएको छ । जुम्लामा रहेको आन्तरिक राजश्व कार्यालयमा कामको लोड बढी भएकाले फोन सम्पर्क मार्फत हुन सक्ने काम पनि सहजै हुँदैनन् ।

कर तिर्नै सास्ती

कालिकोटका स्थानीय नागरिकले कोरोना कहरमा छुट गरेको कर ६२५ रुपैयाँ तिर्न १० हजारको गाडी रिजर्भ गरेर जुम्ला पुग्नुपर्ने बाध्यता छ । संघीय शासन व्यवस्था भए तापनि नागरिकले राज्यलाइ कर तिर्न झेल्नुपरेको सास्ती खपिनसक्नु भएको पलाँता ८ का टक्कबहादुर रोकायाले बताए । अनलाइन मार्फत २०७७ साउन १२ गते गरिएको भुक्तानीको अझै कर चुक्ता प्रमाण नआएको कर्णाली इन्फोटेकका प्रोप्राइटरकाे भनाइ छ ।

वेबसाइटमा समेत गलत ठेगाना

आन्तरिक राजश्व कार्यालय जुम्लाको वेबसाइटमा कार्यालयको ठेगाना समेत गलत राखिएको छ । कार्यालयको  साइटबाट धेरै जानकारी प्राप्त गर्न सकिने भए पनि अपडेट गरिएको छैन । कर्मचारीको विवरण, सूचना तथा जानकारी कुनै पनि साइटमा अपडेट छैन ।

टोल फ्रि नम्बर पनि बेकामको

राजश्व विभागको कार्यालयमा फोन गर्दा सधैँ जसो बिजी देखाउँछ । टोल फ्री नम्बरमा फोन गर्दा कहिल्यै नउठ्ने समस्या छ । विभागको कर्मचारी लिष्ट हेर्दा कतै पनि सूचना अधिकारीको व्यवस्था गरेको देखिँदैन । नागरिकको गुनासो कसलाइ, कहाँ, के भन्ने हो भन्नेबारे कतै प्रष्ट छैन । राजश्व तिर्नका लागि पुर्याउनुपर्ने प्रकृया र सो बारेको प्राप्त जानकारी कहाँबाट कसरी लिने भन्नेमा नै नागरिकहरू अन्याैलमा छन् ।

(यो समाचार न्यूज २४ २९ असोज २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links