NMB Bank

Nepal Life Insurance

कर तथा ब्याज मिनाहा हुने


 

विराटनगर : लामो समयदेखि कर नतिरेका र करको दायरामा नआएका व्यवसायीले कर तिरेमा कर शुल्क तथा व्याज मिनाहा हुने भएको छ। आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७१ सालदेखि २०७५ पुस मसान्तसम्मको कूल आय तथा त्यसमा लाग्ने कर व्यवसायीले बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने बताइएको छ। 

यसरी तोकिएको समयभित्र शुल्क तथा ब्याज नबुझाएमा पुरानो सबै हिसाब असुलउपर गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ। आव २०७१/७२ तथा २०७२/७३ को आय विवरण र सोमा लाग्ने आयकर २०७५ पुस मसान्तसम्म बुझाएमा सोभन्दा अगाडिको विवरण पेश गर्नुपर्ने छैन भने सोमा लाग्ने कर शुल्क तथा ब्याजसमेत मिनाहा हुने सरकारले निर्णय गरेको आन्तरिक राजश्व कार्यालय विराटनगरले जनाएको छ। 

सरकारको यो निर्णयको स्वागत गर्दै खुद्रा व्यापार संघ मोरङका अध्यक्ष संजयकुमारसिंह मण्डलले बाँकी कर तिर्न व्यवसायीलाई आह्वान गरेका छन्।घाटामा गइरहेको व्यवसायीलाई यस निर्णयबाट सहयोग पुग्ने विश्वास उनको छ। रासस


    यो समाचार अन्नपूर्ण पोस्ट  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

    Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

    Social Links