राजश्व छलीमा कडाइ - राजश्व संकलनमा सकारात्मक सुधार

काठमाण्डाै - राजश्व छलीमा कडाइ गर्दा राजश्व संकलन सकारात्मक सुधार भएको राजश्व अनुसन्धान विभागले जनाएको छ । 

विभागले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा गरेको कामको प्रगति विवरण सार्वजनिक गर्दै यो अवधिमा राजश्व छली गर्ने विभिन्न व्यक्तिबाट विगो र जरिवाना बापत ९ अर्ब ३८ करोडभन्दा बढी माग दावी गरिएको जनाएको छ ।  

जसमध्ये भन्सार छलेर भित्र्याइएको ३५ किलो सुनलाई पनि विभागले आफ्नो प्रगति विवरणमा समेटेको छ ।  

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा राजश्व चुहावटका ५२ कसुरमा अनुसन्धान सम्पन्न गरी १ सय ६७ जनामाथि विगो र जरिबाना माग दावी गर्दै मुद्धा दायर गरिएको विभागले जनाएको छ । 

 

विभागले राजश्व चुहावट गर्नेहरुबाट ९ अर्ब ३८ करोड ८४ लाख विगो र ३ वर्षसम्मको कैदसमेत गर्ने गरी मुद्धा दायर गरेको हो । 

यस्तै विदेशी विनिमय अपचलन तथा अवैध हुण्डीको कारोबारमा संलग्न ५९ जनालाई यसै अवधिमा पक्राउ गर्न सफल भएको उसले जनाएको छ ।  

उनीहरुबाट ४ अर्ब ८३ करोड ७० लाख विगो र विगोको तेब्बरसम्म जरिवाना माग गर्दै मुद्धा दायर गरिएको छ । अवैध हुण्डीमा संलग्नलाई ३ वर्षसम्मको कैदको माग पनि गरिएको विभागले जनाएको छ ।  

यो समाचार  उज्यालो अनलाइन डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links