कर्मचारी सञ्चय कोषको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगानालाई नै निरन्तरता


काठमाडौं। सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगानालाई नै निरन्तरता दिएको छ। अर्थ मन्त्रालयमा राजस्व सचिव हुँदा करिब १५ महिना अघि सञ्चय कोषको सञ्चालक समिति अध्यक्ष बनेका ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएपछि पनि बोर्डमा निरन्तरता दिइएको हो।

ढुंगानालाई पहिलोपटक सञ्चय कोषको अध्यक्ष बनाउँदा राजस्व सचिवका रुपमा जिम्मेवारी तोकिएको थियो। लालशंकर घिमिरे राजस्व सचिव बने पनि सरकारले ढुंगानालाई नै बोर्ड अध्यक्षको जिम्मेवारी दिएको छ। 
'यसअघिको निर्णयमा राजस्व सचिवलाई तोक्ने भन्ने थियो, अहिले नेपाल सरकारका सचिव शिशिरकुमार ढुंगानालाई तोक्ने भन्ने उल्लेख छ,' प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो। 

सरकारले मंसिर अन्तिममा ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा लैजाँदै घिमिरेलाई राजस्व सचिव बनाएको थियो। 

यो समाचार  बिजमाण्डू डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links